मंगला ४ मा माओवादी केन्दको प्यानल बिजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 4191 पटक पढिएको

म्याग्दी, ३ जेठ । म्याग्दीको मंगला गाउँपालीका ४ बरंजाको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वार बिजयी भएका छन् ।

माओवादी केन्द्रका ओमबहादुर रोका (रवी)ले ३१८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद रोकाले २८४ मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यहरुमा मनमाया चोचाङ्गी, सुकमाया कामी, मनबहादुर थजाली र यामबहादुर बिक निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक हजार १७६ जना मतदाता रहेको सो वडामा ७४७ जनाले मतदान गरेका थिए ।
४ वडाको मतगणना सकिदा मंगला गाउँपालीकाको अध्यक्षमा एमालेका सतप्रसाद रोकाले दुई हजार ६४७, माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाले दुई हजार ३३, उपाध्यक्षमा एमालेकी सिर्जना केसीले दुई हजार ४०५ र काँग्रेसकी हुमादेवी फगामीले एक हजार ५३३ मत प्राप्त गर्नुभएको छ ।