पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल ’मालिका’ ( फाेटाेफिचर )

  • २८ माघ २०७६, मंगलवार
  • धिरन खत्री
  • 6523 पटक पढिएको

 

धिरन खत्री
म्याग्दी, २८ माघ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

मालिकाधुरीको दर्शनसंगसगै भक्तजनहरुले प्राकृतिक हिमशृङखला, सुन्दर ठाउँ अवलोकन गर्छन् । धार्मिकस्थल मालिकाबाट लालीगुराँसको जंगल, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङखला, सुर्योदय, नजिकबाट अवलोकन गर्न सकिन्छ । घनाजंगलको यात्रामा घोरल रतुवा डाफेँ, मुनाल, कालिज लगायतको बन्यजन्तुको आवाज भक्तजनहरुले सुन्न र देख्न सकिन्छ ।


कालिका देवी, मालिका देवी र जलवा देवी रहेको मालिका धुरीमा पुजा गर्न म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ लगायतका देशका विभिन्न स्थानबाट हजारौ भक्तजनहरुको भिड लाग्ने गर्छ । मलिकाको पुजाआजा र भाकल गरेमा मनोकाक्षा सन्तान नभएकालाई सन्तान, पढाई, विदेश लगायतको क्षेत्रमा मनोकांक्षा पुरा भएमा भक्तजनहरुले चण्डी पुर्णीमा, भाईटिका, जेष्ठी पूर्णीमा र बालाचर्तुदशी पर्वमा मालिका धुरीमा पुर्जा गर्ने मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए ।

दरवाङ दुखु निवासी स्वर्गिय तिर्थबहादुर रोकाको ५ बहिनी छोरीछोरी भएपछि मालिका धुरीमा भाकल पुजा गरेपछि छोरा भएपछि उनीलेनै मन्दिर बनाएर पुजा भाकल गर्दै आएका थिए । त्यो विश्वास सबैमा पुग्दै गएपछि स्वदेश तथा भक्तजनहरुको भिड बढेपछि २०६७ सालदेखि ब्यवस्थापन समिति निर्माण गरेर पुर्वाधार निर्माण तथा पुजाआजालाई ब्यवस्थित बनाउदै आएको अध्यक्ष पाईजाले बताए ।

मालिकामा भाकल गरेमा मनोकाँक्षा पुरा हुने र मागेको कुरा पुरा भएमा बोका, परेवाको बली दैनिक पुजा गर्न सकिने ब्यवस्था रहेका अध्यक्ष पाईजाले बताए । त्यहाँ पोखराको बराह तालको जाल्पा देवि, बागलुङ कालीकाको कालिका देवी र म्याग्दीको मालिका देवीको पुजा एकै ठाउँमा हुने मालिका धुरी हो । मालिका धुरीमा भक्तजनहरु दर्शन तथा पुजा गर्दा काग आएर कराएपछि मालिका देवी आएको जनविश्वास छ । मन्दिर पुजा गर्न पुगेकी मालिका गाउँपालिका–७ विमकी दलमती गर्वुजा मालिका धुरीमा दर्शन तथा पुजा गरेपछि मागेको पुरा भएको छ, बषैपिच्छे विभिन्न समयमा पुजा गर्न आईरुहेको उनले बताईन ।

मालिकामा भक्तजनहरुको भिड बढेपछि पुर्वाधार निर्माणका लागि २०७० साल पर्यटन बोर्ड पोखराबाट ५ लाख, तत्कालिन जिल्ला विकास कार्यालबाट २लाख ५० हजार, मालिका गाउँपालिकाबाट १५ लाख बजेटबाट मन्दिर, पुजाआजा गर्न सहज ब्यवस्थासहित रेलिङ र बास बस्ने सत्तल, पदमार्ग बनाएको समितिका सचिव वामबहादुर रोकाले बताए ।मालिका पुग्ने भक्तजनहरुको सडक सुविधाका लागि अघिल्लो आर्थिक ५० लाख बजेटबाट विम हुदै दोबाटसम्म सडक आएको छ। भने यसबर्षपनि मालिका आउने भक्तजहरुको लागि सडक विस्तारका लागि २५ लाख गाउँपालिकाबाट विनियोजन भएको सचिव रोकाले बताए ।


म्याग्दी सदरमुकाम बेनीदेखि दरवाङ, विम बिम बाइन्दफाँट, बराहताल, भाकुर,सोरबाङ्ग दोवाटासम्म ४० किलोमिटर यातायात सेवा हुदै बाट साढे २ घण्टाको पदयात्रामा विभिन्न गाउँहरु लगायतको विभिन्न बनस्पती अलोकन गर्दै सो स्थान पुगिन्छ । भक्तजनलाई सहज सेवा सुविधाका लागि मन्दिर परिसरमा हेलिप्याड, खानेपानी, रेलिङसहित पदमार्ग र मालिका धुरीमा पुग्ने पर्यटकलाई लक्षित गरे विम, दुखु लगायतका गाउँमा होमस्टे संचालन गर्नुपर्ने स्थानीयको माग छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l