लायन्स क्लबद्धारा गलेश्वर माविमा निर्मित सुविधासम्पन्न विद्यालय भवन उद्घाटन(फोटो फिचर)

  • २३ माघ २०७६, बिहीबार
  • कमल खत्री
  • 3060 पटक पढिएको

कमल खत्री
म्याग्दी २३ माघ । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । ११ महिनाको अबधिमा दुई तले ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विहिवार एक समारोहका बिच उद्घाटन गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल र कोषका अध्यक्ष गिरीधानी शर्माले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै गभर्नर लम्सालले भवन निर्माण संगै प्राविधिक शिक्षा सञ्चालन गरेको विद्यालयलाई भौतिक पूार्वधारको अभाब हटेको विश्वास व्यक्त गरिन् । भवन निर्माणमा १ करोड ९३ लाख खर्च भएको छ । भवनको प्राविधिक खर्च र फर्निचर व्यवस्थापन लगायतमा गरि कुल रु २ करोड २५ लाख बराबरको सहयोग भएको लायन्स क्लबका डिस्ट्रिक एडभाईजर सरोज बानियाँले जानकारी दिए । उनका अनुसार, मालिका गाउँपालिका–७ बिममा कृषि प्राविधिक सञ्चालन गरेको किसानी माविमा समेत यहि प्रकृतिको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भवन सँगै तिन कोठा भएको अपाङगमैत्री शौचालय पनि निर्माण गरिएको छ । विद्यालयमा भवन निर्माण पछि पठन पाठनमा सहयोग पुगेको विद्यालयका प्रअ गणेश बानियाँले जानकारी दिए । लायन्सले भुकम्पपछि क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा सघाउनको लागि म्याग्दीका दुई प्राविधिक शिक्षा सञ्चालन भएका विद्यालयमा कुल ४ करोड ५० लाख सहयोग गरेको जनाएको छ । कक्षा ९ देखि इन्जिनियरिङ बिषयमा पठनपाठन हुने यस विद्यालयमा ३५६ जना बालबालिकाहरु अध्ययनरत रहेका छन् ।

गलेश्वर मावि भवन उद्घाटन कार्यक्रममा सेकेण्ड डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्य, संविधासभा सदस्यत्रय गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, नेपाली काँग्रेसका सचिब क्याप्टेन मिनबहादुर कार्की, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, क्लबका को चिफ एडभाईजर चन्द्रकुमार केसी, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठहर बहादुर भण्डारी लगायतले लायन्स क्लब मार्फत भएका सामाजिक र मानविय सेवाका कार्यहरुको प्रसंसाद गरेका थिए । विद्यार्थीहरुद्धारा विविध साँस्कृतिक कार्यक्रम समेत देखाईएको कार्यक्रमको सञ्चालन क्याबिनेट सचिब विनोद ढुंगानाले गरेका थिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l