१३ औं साग पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाल विजयी

  • २४ मंसिर २०७६, मंगलवार
  • 1829 पटक पढिएको

काठमाडौँ २४ मंसीर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा फाईनलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको हो । नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए । त्यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।

राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो ।