विद्यार्थीलाई जाडोमा लगाउने स्विटर वितरण, मिर्गौला पिडित परियारलाई १० हजार हस्तान्तरण (तस्बिर सहित)

  • १९ मंसिर २०७६, बिहीबार
  • 3453 पटक पढिएको

म्याग्दी १९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बुजबुजे स्थित देउराली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । साझापानी घर भई हाल अमेरिकामा रहनुभएका शेरबहादुर भण्डारी (किसान) र ज्ञानु भण्डारीको घरपरिवारले विद्यालयमा अध्ययतरत ६७ जना विद्यार्थीहरुलाई स्विटर सहयोग गर्नुभएको हो ।


भण्डारीको घरपरिवारबाट विहिवार एक कार्यक्रमका बिच सो न्यानो कपडा विद्यार्थीहरुलाई वितरण गरिएको छ । कार्यक्रममा सहयोगदाता भण्डारी दम्पतीका छोरी ज्याँई सुभद्रा भण्डारी कार्की, दिनेशकुमार कार्की र निरोज कार्की सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशबहादुर भण्डारी, प्रअ नरेन्द्रबहादुर भण्डारीले विद्यार्थीहरुलाई स्विटर वितरण गर्नुभएको थियो ।


स्वर्गीय आमा पदमकुमारीको स्मृति र हिन्दु धर्मगुरु साइबाबाको जन्मोत्सवको अवसरमा विद्यार्थीहरुलाई भण्डारी दम्पतीको परिवारले स्विटर वितरण गरेको जनाएका छन् । यसैबिच भण्डारी परिवारले भगवतीका मिर्गौला पिडित ठाकुर परियारको उपचारमा नगद रु १० हजार सहयोग गर्नुभएको छ ।


आर्थिक अभाबले उपचार गराउन नसकेर सहयोगको याचना गर्दै आएका परियारका घरपरिवारले भण्डारी परिवारलाई धन्यबाद ज्ञापन गरेका छन् । कार्यक्रममा बोल्दै समन्वयकर्ता समेत रहेका म्याग्दी प्रवासी नेपाली संघ (मोना)का युरोप संयोजक निरोज कार्कीले विद्यालयको शैक्षिक विकासमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।