म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारसभा ( फाेटाेफिचर )

  • ३० कार्तिक २०७६, शनिबार
  • धिरन खत्री
  • 2163 पटक पढिएको

म्याग्दी, ३० कात्तिक । म्याग्दी मिडियो सोसाईटीको तेस्रो साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाको विकास निर्माणमा भएको ढिलासुस्ती, पर्यटन, शिक्षा र स्वास्थ्यमा जिल्लामा क्रियाशिल संचार माध्यम र पत्रकारको भुमिका रचनात्मक भएको बताए । उनले बजेट अभावले राष्ट्रिय, प्रदेश र जिल्लाका विकास आयोजनाहरु ढिलासुस्ती नभएको बताउदै निर्माण ब्यवसायीको लापरबाहीले ढिलासुस्ती भएको भन्दै संचारक्षेत्रबाट समेत रचनात्मक भूमिका खेल्न आग्रह गरेका थिए।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमखु देवेन्द्रबहादुर केसीले जिल्लाका स्थानीय तह रसरकारी कार्यालयको अवस्था र गतिविधिहरुबारे सत्य तथ्य बाहिर ल्याउन पत्रकार लाग्नुपर्ने बताए । नेकपा म्याग्दीका नेता बालकृष्ण सुवेदी र नेपाली काँग्रेस म्याग्दीका सह–सचिव भरत रकालले पत्रकारहरुको क्षमता अभिवृद्धि र संचारमाध्यमको सवलीकरणका लागि संस्थाको भूमिका प्रभावकारी बनाउन जोड दिए । त्यस्तै प्रमुृख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लामा रहेका सरकारी कार्यालयहरुले आफ्ना सूचना प्रकाशन र प्रशासरणमा स्थानीय संचारमाध्यममै गर्न जोड दिएका थिए । भने उनले ब्यक्तिकेन्द्रित भन्दा विषयकेन्द्रित समाचार प्रकाशन प्रशासरण गर्न पत्रकारलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालु, म्याग्दी उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव गोरखनाथ सुवेदी र पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य, सचिव अभित विश्वकर्माको प्रगति प्रतिवेदन तथा संचालन र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यको आर्थिक प्रतिवदेन प्रस्तुत भएको साधारणसभामा पत्रकार सन्तोष गौतमले म्याग्दी जिल्लाको संचार क्षेत्र र पत्रकारहरुको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

????????????????????????????????????

????????????????????????????????????

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l