बिममा बस दुर्घटना: ४ जनाको मृत्यु, घाईतेहरुलाई स्वास्थ्य संस्थामा लगिँदै

  • १७ कार्तिक २०७६, आईतवार
  • 4839 पटक पढिएको

म्याग्दी १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटनामा परि घाईते भएकाहरुलाई स्थानीय स्वास्थ्य संस्थामा उद्धार गरि लैजाने काम भैरहेको छ ।

उद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका छन् ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।