मृगौला पीडित ठाकुर परियारलाई १३ हजार सहयोग संकलन

  • ३० आश्विन २०७६, बिहीबार
  • 610 पटक पढिएको

म्याग्दी, ३० असोज । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई १३ हजार ७६० रुपैया आर्थिक संकलन भएको छ । रघुगंगा गाउँपालिका– २ वडा कार्यालयद्धारा आयोजित बडा दशै मेलामा सो रकम संकलन भएको हो ।


आर्थिक अभावले उपचारमा बञ्चित भएका परिवारलाई बडा दशै मेलाको अवसरमा वडाले सो रकम संकलन गरेको हो । रारा ग्रुपका अध्यक्ष हरि भण्डारीले ५ हजार, विनोद केसी २ हजार र अन्य ब्यक्तिहरुबाट ६ हजार ७६० रुपैया संकलन भएको थियो । सो रकम वडा अध्यक्ष रिमबहादुर कटुवालले पीडितका परिवारलाई हस्तान्तरण गरेका छन् ।

विभिन्न क्षेत्रमा रोजगारी गरेर परिवारलाई सुखी दिलाउने युवा अवस्थामा मृगौलामा समस्या देखिएको छोराकोे उपचारखर्च जुटाउन आमाबुवालाई सास्ती परेको छ । परिवारलको खर्च चलाउन ग्राहो भएको अवस्थामा औषधी किन्ने पनि पैसा छैन् ।

विभिन्न संघसंस्था तथा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईलाई सहयोग अपिल गरिएको पीडितका दाजु मुक्ति परियारले बताए । ठाकुरको उपचार अहिल्य लेखसिटि अस्पताल पोखरामा भईरहेको छ ।