बेनीमा ‘तेस्रो कालिपुल युनाइटेड कप’ फुटबल प्रतियोगिता सुरु

  • ७ आश्विन २०७६, मंगलवार
  • धिरन खत्री
  • 2431 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ७ असोज । म्याग्दीको सदरमुकाम बेनीमा तेस्रो कालिपुल युनाईटेड कप फुटवल प्रतियोगिता २०७६ सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा जिल्लाकै ठुलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता मंगलबार देखि खुल्लामञ्चमा सुरु भएको छ ।


फुटबल कपको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले जिल्लाको खेलकुद क्षेत्रको पुर्वाधार विकासका लागि संघिय सरकारले म्याग्दीलाई ९० लाख रुपैया विनियोजन गरेको जानकारी दिए । उनले खुल्लामञ्चको स्तरोन्नतीका लागि ४० छुट्याएको बताए । जिल्लाका पालिकामा खेलकुदको पुर्वाधार विकास तथा निर्माणका लागि संघिय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण गर्ने नीति तथा कार्यक्रम लिएको बताउदै हरेक स्थानीय तहका जप्रतिनिधि र खेलकुदप्रेमी युवाहरु कार्यान्वयनमा लाग्न आग्रह गरेका थिए।


त्यस्तै गण्डकी प्रदेशका सांसद विनोद केसीले देशका लागि क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रदेश सरकारले हरेक स्थानीय तहमा खेलकुदका पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै पालिकासंग समन्वय गरेको बताए ।


असोज ११ गतेसम्म संचालन हुने प्रतियोगितामा १७ टिमको सहभागिता भएको छ । प्रतियोगितामा प्रथम र दितृय हुनेलाई क्रमश नगद १ लाख ३५ हजार ५५५ रुपैया र ७५ हजार ५५५ रुपैयासंगै ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । सेमिफाइनलमा बाहिरिने टिमलाई १५ हजार र अनुशासित टिमलाई ७ हजार ७७७ रुपैया रहेको छ । भने उतकृष्ट खेलाडी, गोलकर्ता, डिफेन्डर, गोलरक्षक र मिडफिल्डरलाई नगद ५ हजार ५५५ रुपैयासहित मेडल र प्रमाणपत्र रहेको छ। उद्घाटन खेलमा कालीपुल युनाटेड सिलाई बुद्ध युवा क्लव मंगलघाटले जितेको छ ।


क्लवका अध्यक्ष विकास पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु छन्त्यालको स्वागत मन्तव्य र सदस्य सोनीया पुनको संचालनमा भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनी, बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली र विभिन्न संघसंस्था र क्लवका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।क्लवको फुटबल प्रतियोगिताबाट आम्दानी १२ लाख ९५ हजार र खर्च ९ लाख ५७ हजार हुने अनुमान गरिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l