रुमको खवाङमा कुटपिटबाट घाइतेको मृत्यु, तीन जना पक्राउ

  • २३ भाद्र २०७६, सोमबार
  • 10587 पटक पढिएको

सन्तोष गौतम
बेनी २३ भदौ । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ४६ वर्षीय मतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।

फाइल तस्विर ।

कुटपिटमा संलग्न स्थानीय ओमकार बुढा, नेत्र बुढा र नविन पुनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार उनिहरु विरुद्ध जिल्ला अदालत म्याग्दीमा आइतबार ज्यान मुद्दा दर्ता गरि अनुसन्धान सुरु भएको छ । १९ गते राती मदिरा सेवन गरेका बुढाद्धय र पुनले परियारको घरमै आएर कुटपिट गरेका थिए ।

मृतकको दाहिने कोखा र टाउकोको देव्रे भागमा रगत जमेको थियो । परियारलाई २० गते दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले पोखरा रिफर गरेको थियो । २१ गते राती परियारको मृत्यु भएको हो । शब परिक्षण पछि सदगद्का लागि सोमबार बिहान दरवाङ लगिएको छ । स्थानीयका अनुसार पिडकहरुले लेनदेन र राजनीतिक पहुँचको आधारमा घटना लुकाउन दवाव दिएका थिए । ढाकछोप गर्न खोजिएका कारण घटना ढिलागरी सार्वजनिक भएको हो । कुटपिटमा संलग्न ओमकार वडा सदस्य हिरा बुढाका छोरा हुन् ।