औलामा उद्घोषणकला तालिम

  • २४ असार २०७६, मंगलवार
  • 1353 पटक पढिएको

 

औला २४ असार । अन्नपूर्ण गाउँपालिका ७ औलामा मंगलबारेखि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा मण्डली सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा वडाका विभिन्न बस्तीका ३२ जनाको सहभागिता रहेको छ ।

तालिमको पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले सहजिकरण गर्नुहुने जनाइएको छ । वडा सदस्य टिका घतानेको अध्यक्षता, केन्द्रकी परिचालक खिमा पुर्जाको सञ्चालन र मण्डली आधारभूत विद्यालयकी शिक्षिका शान्ति गर्बुजाको स्वागत मन्तब्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।