रघुगंगा गाउँपालिकाकाे आर्थिक वर्ष २०७६/०७७ काे नीति तथा कार्यक्रम (पुर्णपाठ भिडियाे सहित)

  • ६ असार २०७६, शुक्रबार
  • 2365 पटक पढिएको

           आर्थिक वर्ष २०७६र०७७ का लागि गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम
गाउँसभाका अध्यक्षज्यू,
उपस्थित गाउँपालिकाका उपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु,

१.संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी स्थानीय तहमा विधायिकी,कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारको प्रमुखको रुपमा रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०७६र०७७ नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा मैले गौरव महसुस गरेको छु ।
२.राष्ट्रलाई निरङ्कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत राज्य संचालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता,लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानसहित स्मरण गर्न चाहन्छु ।

३.लोकतन्त्रको आधारस्तम्भको रुपमा एवं जनताले महसुस गर्न सक्ने र भेट्न सक्ने सरकारको रुपमा रहेको स्थानीय सरकारसंग जनताको विकास प्रतिको उच्च आकांक्षालाई समयोचित सम्वोधन गर्दै समग्र गाउँपालिका समृद्धि तर्फ तिव्र गतिको यात्रा तय गर्नु पर्ने अवस्थामा हामी स्थानीय सरकार रहेको छौँ ।यस विचमा स्थानीय सरकारको स्वरुपलाई संविधान प्रदत्त व्यापक क्षेत्राधिकार भएको वलियो स्थानीय सरकारको रुपमा रुपान्तरण गर्ने प्रक्रियालाई संगसंगै र सावधानीपूर्वक अघि बढाउनु परेको छ । यस्तो जटिल र चुनौतिपूर्ण मोडमा लोकतन्त्रको संस्थागत विकास गर्न सदा सजग र संवेदनशील रहि हाम्रो सरकार काम गर्दैछ,नतिजा ल्याउँदैछ र अघि बढ्दैछ ।
४.नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकार,त्यसका अधिकार क्षेत्र र संघ,प्रदेश र स्थानीय सरकारविचको सहकार्य,समन्वय र सहअस्तित्व समेतको मर्म अनुसार नेपाल सरकार र प्रदेश सरकारले प्रस्तुत गरेको दिगो विकासको लक्ष्य प्राप्तिसहितको नीति तथा कार्यक्रम समेतलाई ह्दयंगम गरी तथा हाम्रो स्थानीय सरकार संचालनको दुई वर्षको अनुभव र गाउँसभा मार्फत पारित ऐन नियम तथा कार्य्विधि समेतका आधारमा आर्थिक वर्ष २०७६र०७७ नीति तथा कार्यक्रम तय गरिएको छ ।
गाउँसभाका सदस्यज्यूहरु,
५.स्थानीय सरकार जनभावना,जनआकांक्षा र आवश्यकताका आधारमा स्थानीय नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकास र अपेक्षा पूरा गर्न दृढ संकल्पका साथ अगाडि बढिरहेको छ । भौतिक संरचना पर्याप्त नहुनु,कर्मचारी र अन्य स्रोतसाधनको कमी हुनु तथा संघ,प्रदेश र स्थानीय तहवीच आयोजनाको वर्गीकरण समयमा नहुनु जस्ता अनेकन प्रतिकूलताका बाबजुद स्थानीय सरकारले हासिल गरेका केही महत्वपूर्ण उपलव्धिहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहान्छु ।
६.नेपालको सन्दर्भमा स्थानीय सरकार नवीनतम प्रयोग भएकाले स्थानीय सरकारको सुशासन,विकास र समृद्धिको लागि स्थानीय सरकार सञ्चालनका क्रममा स्थानीय तहलाई प्राप्त अधिकार क्षेत्रभित्रका विषयमा १९ वटा महत्वपूर्ण ऐन,नियम,निर्दे्शिका,कार्य्विधि र मापदण्ड जारी भई कार्यान्वयनमा आएका छन् । यसबाट स्थानीय सरकारलाई संविधान एवं कानुन वमोजिम प्रदत्त विधायिकी अधिकारको संस्थागत हुंदै गएको र गाउँपालिकामा कानुनी र कार्य्विधिगत आधार तयार भई काम कारवाहीमा थप सहजता आएको छ ।
७.स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानुन वमोजिम न्यायिक समिति गठन भई न्यायिक समिति समक्ष दर्ता भएका विवादहरुको आपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गरिएको छ । स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ४७ ले व्यवस्था गरेको न्यायिक समितिको अधिकार क्षेत्रको मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी उक्त केन्द्रको संयोजक समेत तोकि न्यायिक समितिबाट सूचिकृत गरेको मेलमिलापकर्ताबाट कामकारवाही अगाडि बढेको छ ।
८.गाउँपालिका भित्रको ऐतिहासिक महत्व,पुरातात्विक वस्तु,कला,संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्धन गर्न वार्ड नं.०७ चिमखोलालाई सांस्कृतिक र रुईसे तथा टोड्केलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
९.ढुंगा,गिट्टी,बालुवा,माटो आदि प्राकृतिक एवं नदीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर संकलन गर्न गाउँपालिका क्षेत्रभित्रका वगरहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरी सो सम्वन्धि आय ठेक्का समेत सम्झौता गरी स्थानीय कर संकलन गरिनुका साथै व्यवसाय दर्ता,होमस्टे दर्ता लगायत नयाँ आन्तरिक स्रोतको दायरा फराकिलो बनाई चालु आर्थिक वर्ष ०७५र०७६ अनुमानित आन्तरिक आय प्राप्त भै सकेको छ ।
१०.स्थानीय स्तरको शैक्षिक ज्ञान,सीप र प्रविधिको संरक्षण,प्रवर्दन र स्तरीकरण गर्न गाउँ शिक्षा समितिको गठन गरिएको छ । आधारभूत तहको परीक्षा सञ्चालन,अनुमगन र व्यवस्थापन गर्न छुट्टै कार्य्विधि निर्माण गरि कक्षा आठको परिक्षा मर्या्दित एवं व्यवस्थित रुपमा सम्पन्न गरिएको छ । प्रारम्भिक वाल विकास केन्द्रबाटै विद्धालयको शैक्षिक सुधार गर्न सहयोगी कार्यकर्ताहरुलाई प्रोत्साहन भत्ता थप गरिनुका साथै ४० प्रकारका शैक्षिक सामाग्री तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भै सकेको छ ।
११.गाउँपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रकृयामार्फत चालु आर्थिक वर्ष ०७५र०७६ मा स्थानीयस्तरको विकासका लागि २६४ वटा वार्षिक योजना बनाई कार्यान्वयन गर्दै गर्दा जेष्ठ मसान्त सम्म पूँजिगत प्रकृतिका योजनाहरुको प्रगति करिव ९० प्रतिशत पुगेको छ । त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाह संग जोडिएका योजना तथा कार्यक्रम करिव सम्पन्न भै सकेको अवस्था छ । यसवाट जनप्रतिनिधिहरुको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाइ,अनुगमन एवं जनताको सुख दुसखमा साथ दिने गरी हाम्रो सरकार सशक्त हुँदैछ ।
१२.हाम्रो सरकारले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण,स्रोत साधनको अधिकतम उपयोगको लागि नेपाल सरकार तथा प्रदेश सरकार संग साझेदारी एवं संयुक्त व्यवस्थापनमा बहृत पूर्वाधार निर्माण लगायतका कार्य गर्दै आएको छ । जस्तै दग्नाम दर्मिजा सडक निर्माणमा गण्डकी प्रदेश संग र प्रधानमन्त्री रोजगार कार्यक्रममा नेपाल सरकार संग साझेदारी गरी समन्वय,सहकारीता र सहअस्तित्वको सिद्धान्तलाई स्विकार गरेका छौँ ।
१३.नयाँ संरचना,कर्मचारी अभाव,भौगोलिक कठिनाई,कानुनी अस्पष्टता र अन्यौलताका बावजूद पनि सार्वजनिक सेवा प्रवाह र सुशासनलाई पहिलो प्राथमिकता दिंदै जनताको सुख दुसखमा अभिभावकत्व ग्रहण गर्दै वडा नं.०७ चिमखोला लगायत सवै वडाहरुमा नेपाल सरकार,प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय संग समन्वय र सहकार्य गर्दै एकिकृत घुम्ती सेवा मार्फत गाउँगाउँमा सिंदरवारको अनुभूति गराउन हाम्रो सरकार सदा प्रयत्नशील छ ।
१४.प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने संवैधानिक अधिकारलाई प्रत्याभूत गर्न हाम्रो सरकारले स्वास्थ्यकर्मी लगायतको सुविधा सहित ४ वटा ठाउँमा सामुदायिक स्वास्थ्य इकाई तथा झीमा वर्थिङ सेन्टर स्थापना गरी संचालनमा लिईएको छ । त्यसैगरी नागरिकहरुको सेवाको लागि सवै वडाहरुमा चिकित्सक सहितको टोली मार्फत स्वास्थ्य परीक्षण गरिएको छ । साथै स्वास्थ्य सम्वन्धी वृहत्त शिविर समेत विविध स्थानमा संचालन गरी स्वास्थ्य सेवा नागरिकको घरघर सम्म विस्तार गरी नागरिकको स्वास्थ्य सम्वन्धि मौलिक हकप्रति हाम्रो सरकार प्रतिवद्ध छ ।
१५.पूरानो चिकित्सा आयुर्वेद प्रति जागरण ल्याउन सवै वडामा आयुर्वेद कार्यक्रम सहित आर्थिक रुपले विपन्न,असक्त र असहाय अवस्थामा रहेका,असहाय एकल महिला,अपाङ्गता भएका,वालवालिका,आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । यस्ता कार्यक्रमलाई थप सुदृढ बनाउनेछौँ ।
१६.रघुगंगा गाउँपालिका वार्ड नं.०१ मा प्रशासनिक कार्यमा नागरिकको सहज पहुँच बढाउन हरेक शुक्रवार हरेक टोलमा सेवा दिदै आएको त्यस्तै वार्ड नं.०२ मा वडाअध्यक्ष द्वारा कक्षा १(५को वडास्तरीय परीक्षा संचालन,वडा नं.०३ जग्गा विकास कार्यमा गरेको समन्वय, वडा नं.०४ तातोपानी कुण्ड व्यवस्थापन ,वडा नं.०५ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भएको सामाजिक सद्भाव, वडा नं.०६को ट्रेनिङ सेन्टर स्थापना, वडा नं.०७ मण्डलीथान व्यवस्थापन, वडा नं.०८ उत्साहजनक जनश्रमदान जस्ता नवीनतम कार्यहरु मार्फत समृद्ध रघुगंगा बनाउन सवै क्षेत्रबाट सकारात्मक प्रयत्न भएका छन ।
१७.कर्मचारी समायोजन पश्चात सृजित कर्मचारी अभावको अवस्थामा समेत कर्मचारीहरुको उच्च कार्यसम्पादन एवं लगनशिलताका कारण सेवा प्रवाहमा चुस्तता आएको छ ।स्थानीय सरकारका प्रतिफलहरुलाई नागरिक समक्ष पुर्याउन कर्मचारी वर्गबाट भएको सकारात्मक भूमिकाको सदा सर्वदा स्मरण गरिनेछ ।
१८.गाउँपालिका अध्यक्ष सुकुम्वासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रम संचालन गर्न सो सम्वन्धी छुट्टै कार्य्विधि निर्माण गरी गाउँपालिका भित्र रहेका सुकुम्वासी,घरवारविहिन,कच्ची टिन र फूसले छाएको घर तथा शौचालय विहिन घर परिवारको लगत संलकनको कार्य सम्पन्न भै लगत संकलन समितिले कार्यपालिका समक्ष पेश गर्ने अन्तिम चरणमा छ ।
१९.विकासमा निश्चित उद्श्य हासिल गर्न अपनाईने रणनीति,समय,क्रियाकलापहरु र साधन श्रोतको संयोजन गरी योजनावद्ध विकासको शुरुवात गर्न हाम्रो सरकारको आवधिक योजना तर्जुमा अन्तिम चरणमा पुगेको छ ।
२०.गाउँकार्यपालिकाको कार्यालय र सो अन्तर्गतका कार्यालय तथा विद्धालयहरुमा विद्धुतीय हाजिरी जडान गरी विधुतीय शासनको अभ्यास गरिएको छ । त्यस्तै गाउँकार्यपालिका कार्यालयको सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको छ । हाम्रो सरकारले गरेको गतिविधि यथार्थ चित्रण गर्न डकुमेन्ट्री निर्माण गर्ने कार्य भै राखेको छ ।
२१.पत्रकारिता कार्यक्रम मार्फत संचार जगतको विकास र विस्तार गर्न सम्वन्धि आधारभूत पत्रकारिता तालिम सम्पन्न गरिसकिएको छ । यस्ता कार्यक्रमका माध्यम मार्फत स्थानीय सरकारका सुचनाको सही प्रवाहीकरण गर्ने अपेक्षा लिईएको छ । त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हाम्रो सरकारको सेवा प्रवाह प्रतिको आम नागरिकको धारणा बुझ्ने कार्य समेत गरिरहेका छौँ ।
२२.अनुदानमा आधारित विविध कृषिजन्य सामाग्री वितरण गरी कृषिमा आधुनिकीकरण गर्न खोजिएको छ । आगामी वर्ष एक वार्ड एक अर्गा्निक नर्सरी स्थापना गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गरिनेछ ।
२३.हाम्रो सरकारले गाउँपालिका भित्र प्राकृतिक तथा मानवीय सृजित कारणबाट हुन पुगेका घटनाहरुको तत्कालै सम्वोधन गरी स्थानीय सरकारको अनुभूति दिने प्रयास गर्दै आएको छ । गलेश्वर देखि भवगती जाँदै गरेको जीप दुर्घटनामा घाईतेको तत्काल हेलिकप्टर मार्फत उद्धार गर्नु,वाढीबाट क्षतिग्रस्त हुन पुगेको रितुङ माविको पुननिर्माणका लागि विपद व्यवस्थापन कोषबाट तत्काल वजेट प्रवन्ध गर्नुका साथै असाध्य रोग लागेका विपन्न नागरिकको स्वास्थ्य उपचारार्थ आर्थिक सहायता समेत प्रदान गर्दै आएका छौँ।
२४.सवै वडा वाटै ज्येष्ठ नागरिक तथा अपाङग परिचयपत्र वितरण गरिसकिएको छ । महिला क्षमता तथा सशक्तिकरण कार्यक्रम लगायत लक्षित वर्ग संग सम्वन्धित सशर्तका कार्यक्रम समेत सवै वडामा संचालन गरी सम्पन्न भै सकेको छ ।
२५. यस वर्षका हाम्रा उपलव्धिहरु उत्साहवर्धक छन् । हाम्रो सरकारले लिएका नीतिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास र स्थानीय शासन पद्धति सुदृढ हुने प्रशस्त आधारहरु तयार भएका छन् ।हरेक दिन एक कदम अगाडि बढ्ने हाम्रो सरकारको दृष्टिकोण र शैलीका कारण सम्पूर्ण रघुगंगावासी नागरिकमा उत्साहको सञ्चार भएको छ ।
गाउँसभाका सदस्यज्यूहरु,
अव म गाउँपालिकाको आर्थिक वर्ष २०७६र०७७ का लागि प्रस्तावित नीति तथा कार्यक्रम तर्फ यहाँहरुको ध्यानाकर्षण गर्दछु ।
२६.यस प्रस्तावित नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास,पूर्वाधार निर्माण,उद्धशीलता र रोजगारी वृद्धि,स्थानीय नेतृत्व विकास,दिगो विकास,प्रभावकारी सेवा प्रवाह र कानुनी शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने तर्फ केन्द्रित छन् ।
२७. कुईनेमंगलेको चौरखानी जस्ता जोखियुक्त वस्ती पहिचान गरी सुगम यातायातको व्यवस्थासहितको एकीकृत सामूहिक आवास व्यवस्था गरिनेछ । साथै सुकुम्वासी तथा विपन्न नागरिकको पहिचान र अभिलेख व्यवस्थापनलाई व्यवस्थित गरी सुकुम्वासी तथा विपिन्न नागरिक सम्वन्धी जीविकोपार्जन र वसोवासको व्यवस्थापनका लागि उचित प्रवन्ध गरिनेछ।साथै कार्यान्वयनमा रहेको गाउँपालिका अध्यक्ष सुकुम्वासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ ।
२८.घरघरमा स्नातक,टोलटोलमा प्राविधिक,वडावडामा स्वास्थ्यकेन्द्र,वस्ती वस्तीमा ज्येष्ठ नागरिक क्लव,नदी किनार र पर्ती जमिनमा सार्वजनिक उद्धानका साथै स्थानीय सरकारको सेवा प्रवाहलाई सूचना प्रविधिसहितको सेवा संग जोड्न प्रत्येक जनप्रतिनिधिज्यूहरुलाई क्रमशस ल्यापटप वितरण गरी सूचना प्रविधिमा आधारित स्मार्ट गाउँपालिका बनाइनेछ ।
२९.वेगखोलाको लामो झोलुङ्गे पुल,भगवतीको रुईसे,पिप्लेको रानीपौवा,दग्नामको तातोपानी कुण्ड,झीको टोड्के,पाखापानी मालिका मन्दिर,चिमखोलाको मण्डलीथान तथा कुईनेको रिखार मन्दिर लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी रघुगंगा गाउँपालिकाको पहिचान तथा अर्थतन्त्रको आधारशिलाको रुपमा विकास गरिनेछ ।यसको लागि पर्यटन मैत्री संरचना निर्माण तथा पर्यटन पूर्वाधार निर्माण गर्न विस्तृत पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।निजी क्षेत्र संग समेत समन्वय गरी रघुगंगा पर्यटन महोत्सव आगामी वर्ष आयोजना गरिनेछ ।
३०.गाउँपालिकाबाट नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याइ त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गरिनेछ ।गाउँपालिकाले तोकेको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै वखत हटाईनेछ ।
३१.गाउँपालिका भित्र विगतदेखि सञ्चालित क्रमागत योजनाहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ भने मर्मत सम्भार कोषलाई आवश्यक कार्य्विधि बनाई व्यवस्थित बनाउँदै लगिनेछ ।
३२.जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गरी विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम,प्रशिक्षण र अभिमुखीकरणका साथै भ्रमण अवलोकन गराईनेछ ।त्यसै गरी गाउँपालिका अध्यक्षले वडाध्याक्षसंग र प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुख संग मापन योग्य सूचकहरुसहित कार्यसम्पादन सम्झौता गरी सम्वन्धित पदाधिकारीहरुलाई नतिजा प्रति थप जवाफदेही बनाईनेछ ।
३घ.गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता,अनुमति,नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउदै स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी सहकारी संस्थाको प्रर्वदन,परिचालन र विकास गरिनेछ ।सहकारी सम्वन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य वस्तु,कृषि,वन,मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र विक्री वितरण गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख वस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
३४.वैक तथा वित्तीय संस्थाहरु संगको सहकार्यमा एक वडा एक वैकको नीति मार्फत समृद्धिको यात्राको नारालाई सार्थक पारिनेछ । सवै नागरिकरुमा वैक तथा वित्तीय साक्षरता अभिवृद्धि गर्न सघन रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
३५.गाउँपालिकाले हाल लिदै आएको कर,राजस्व,शुल्क आदिलाई थप व्यवस्थित र नियमन गरिनेछ ।हाम्रो गाउँपालिका हाम्रो कर,समृद्ध बनाउने हाम्रै रहर भन्ने नारालाई साकार पार्न असल कारदातालाई सम्मान र तोकिएको समयमै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिनेछ ।आगामी आर्थिक वर्ष देखि सम्पत्ति कर लगाईनेछ । पटके सवारी साधन कर लाई पूर्णत हटाई स्थानीय भाडादर निर्धारण समेत गरिएको छ ।
३६.जनसांख्यिक,प्राकृतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,भौतिक पूर्वाधार,रोजगारीको अवस्था,कुल गार्हस्थ्य उत्पादन,प्रतिव्यक्ति आय,मानव विकास तथा लैँगिक सशक्तिकरण सूचकांक,राजस्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पाश्व चित्र तथा स्रोत नक्साको अद्यावधिक अभिलेखन गरिनेछ ।
३७.सार्वजनिक तथा सरकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिने छ ।यसका लागि गाउँपालिकामा गठित सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिलाई थप क्रियाशिल बनाईनेछ ।वि.सं. २०७६(२०७८ लाई सार्वजनिक सम्पत्ति जग्गा संरक्षण वर्ष अभियानका रुपमा अगाडि बढाउने प्रवन्ध मिलाईनेछ ।
३८.गाउँपालिका भित्रका सवै वालवालिकालाई आधारभूत तथा माध्यमिक तहसम्म निसशुल्क शिक्षा उपलव्ध गराइ साक्षर गाउँपालिका बनाउने नीति अवलम्वन गरिने छ । सवै विद्धालयलाई वालमैत्री बनाउनुका साथै सवैका लागि शिक्षा अभियान सञ्चालन गरी १ वडा १ प्राविधिक शिक्षालय निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ । हाल कार्यान्वयनमा रहेको विद्धालय सुशासन तथा कर्मचारी व्यवस्थापन कार्य्विधिको प्रभावकारी कार्यान्वयन गरी विद्यार्थी सिकाइ उपलव्धिको परीक्षण र व्यवस्थापन समेत गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि मार्फत हरेक विद्यालयलाई स्मार्ट विद्धालय बनाईनेछ । साथै सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण,मर्मत सम्भार,सञ्चालन र व्यवस्थापनलाई विशेष जोड दिईनेछ ।
३९.नागरिकहरुको स्वास्थ्य विमा तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमलाई अध्यक्ष ज्यूको भव वहादुर अक्षय कोष संग तादम्यता मिलाई प्रभावकारी रुपमा लागू गरिनेछ ।
४०.गाउँपालिकाको क्षेत्रभित्र व्यापार,व्यवसाय वा सेवामा पूँजीगत लागनी र आर्थिक कारोवारको आधारमा व्यवसाय कर लगाइदै आएकोमा यसलाई थप व्यवस्थित गर्न साना तथा ठूला व्यवसायलाई अनिवार्य रुपमा दर्ता एवं नवीकरण हुनुपर्ने व्यवस्था गरिनेछ । गाउँपालिका भित्रका वस्तीहरुमा स्थानीय उत्पादन विक्रीको बजार व्यवस्थापन तथा ढुवानीको उचित व्यवस्था गरिनेछ ।
४१.विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाईनेछ । वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रलाई मेलमिलाप मार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकसित गरिनेछ ।
४२.गाउँपालिका भित्रका खेतीयोग्य जमिन तथा वाँझो जमिनमा आवश्यक सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाईनेछ । पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयारी गरी कृषि सडक तथा स्थानीय स्तरका सिँचाइ प्रणालीको निर्माण गरिनेछ । कृषि लगायत विकासका पक्षहरुमा व्यापक छलफल तथा स्थानीय सरकारका कामकारवाहीमा एकरुपता एव सामाज्यस्यता कायम गर्न निकट भविष्यमा नै हाम्रो सरकारको आयोजनामा जिल्ला भित्रका अन्तर स्थानीय सरकारका विचमा वृहत्त अन्तरकृया कार्यक्रम संचालन गरिनेछ ।
४३.ज्येष्ठ नागरिक,एकल महिला,अपांगता भएका व्यक्ति,विधुवा,वालवालिका लगायतलाई नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्रत्याभूत गरिदै आएकोमा हाम्रो सरकारले आर्थिक र सामाजिक रुफमा जोखिम रहेका नागरिकहरुलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी राज्य व्यवस्थाका लागि गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा,संरक्षण तथा बचाउ क्क्ए कार्यक्रम संचाछलन गरिनेछ । सामाजिक सुरक्षा भत्तालाई सवै वडामा वैकिङ प्रणालीमा आवद्ध गरिनेछ ।
४४.गाउँपालिका भित्रका नागरिकहरुलाई सफा र स्वच्छ पिउनेपानी उपलव्ध गराउन जनता संगको सहलगानीमा खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ । पानीका मुहानहरुको संरक्षण एवं आवश्यक अन्य केही ठाउँमा लिफ्ट प्रविधिको पूर्वाधारहरु तयार गरिने छ । हाल भगवतीमा कार्यान्वयनमा रहेको एक घर एक धारा खानेपानी आयोजनालाई पूर्णता दिन निरन्तरता दिईनेछ ।
४५.समृद्धि र विकास निर्माणको आधार, महिलाको क्षमताको विकास नारालाई कार्यान्वयन गर्दै गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरणका साथै उद्धमशिलताको विकास गर्न उपाध्यक्ष संग महिला कार्यक्रम संचालन गरिनेछ ।
४६.स्थानीय स्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना,पूर्व सुचना प्रणाली,खोच तथा उद्धार,राहत सामग्रीको पूर्वभण्डारण,स्थानीय तटवन्ध,नदी र पहिरोको नियन्त्रण,विपद जोखिम क्षेत्रको नक्सांकन तथा वस्तीहरुको पहिचान र स्थानान्तरण गरिनेछ । विपद् व्यवस्थापनका लागि वडारवडामा यठित विपद् व्यवस्थापन समिति लाई थप क्रियाशील बनाउदै युवा परिचालनका लागि गाउँपालिका अध्यक्ष संग युवा कार्यक्रम यथाशीध्र संचालन गरिनेछ ।
४७.विगतबाट पाठ सिक्दै आगामी आर्थिक वर्षमा टुक्रे योजना तथा कार्यक्रम पूर्णत निरुत्साहित गर्दै एक वार्ड एक गौरवको योजना संचालन गरिनेछ ।असारे विकासलाई आगामी वर्ष अन्त्य गर्न योजना सम्झौताका कार्यलाई श्रावण महिनाबाट शुरु गरिनेछ । साथै गौरवका योजना र मेशिनरी उपकरणको आवश्यकता पर्ने योजनालाई यथासम्भव ठेक्का प्रकृयामार्फत गरिनेछ ।
४८.रोजगारमूलक कार्यक्रमका माध्यम मार्फत गरिवी न्यूनिकरण गर्न एक घर एक महिला रोजगार कार्यक्रम संचालन गरिनेछ । गाउँपालिकालाई खाद्यान्न तथा तरकारी विउ विजनमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम अभियानका साथ संचालन गरिनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
४९.जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार विचको समन्वयमा एक वार्ड एक हेलिप्याड निर्माण कार्यक्रम पूर्णतस् सम्पन्न भएको छ । यसलाई आगामी वर्ष आवश्यकता अनुसार थप गर्दै लगिनेछ । साथै जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारविचको समन्वयमा संचालन गरिदै आएको लागुपदार्थ दुव्यर्सन सम्वन्धी कार्यक्रमलाई थप प्रभावकारी वनाईनेछ । त्यस्तै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका विचको आपसी समझदारीमा तयार गरिएको जिल्ला भित्र संचालन गरिने मेला तथा महोत्सव संचालन सम्वन्धी मापदण्डलाई हाम्रो सरकारले तर्जुमा गरेको मेला तथा महोत्सव सम्वन्धी कार्य्विधिको अभिन्न अंगका रुपमा ग्रहण गरी स्थानीय मेला तथा महोत्सवलाइ प्रभावकारी रुपमा नियमन गरिने छ ।
५०.गाउँपालिका भित्र रहेको गुठीको समस्यालाई यथाशीघ्र सम्वोधन गर्न प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष आवश्यक पहल गरिनेछ ।
५१.म्याग्दी जिल्ला हिमाली जिल्ला घोषणा भए संगै गाउँपालिकाको जनसंख्या,भूगोल,प्रशासनिक सुगमता,पूर्वाधार विकासको अवस्था,आर्थिक सक्षमता,प्राकृतिक स्रोत साधनको उपलव्धता,भाषिक,सांस्कृतिक तथा सामुदायिक बनोटको आधारमा रघुगंगा गाउँपालिकामा एक वटा गाउँपालिका थप गर्न प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष प्रस्ताव पेश गरिनेछ ।
५२.गाउँपालिका भित्र संचालनमा रहेका होमस्टेहरुको प्रभावकारी नियमन गर्दै होमस्टेलाई आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दन गर्न महत्वपूर्ण आधारका रुपमा विकास गर्न विशेष प्रवन्ध गरिनेछ ।
५३.गाउँपालिका भित्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा संचालनमा रहेको राहुघाट जलविधुत आयोजना समयमा नै सम्पन्न गर्न स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग एवं समन्वय गरिनेछ । साथै गाउँपालिका भित्र अन्य जलविधुत उत्पादनको सम्भाव्यता अध्ययन गरी उज्यालो रघुगंगा निर्माण गर्न जलविधुतमा समेत साझेदारीमा लगानी गरिनेछ ।
५४.झोलुङगे पुल मार्फत छरिएर रहेका वस्ती विचको दुरी कम गरी सामाजिक आदानप्रदान तथा प्रशासनिक सुगमताका लागि झोलुङगे पुल निर्माणमा नेपाल सरकार तथा प्रदेश सरकार संग आवश्यक सहलागनी तथा समन्वय गरिनेछ ।
५५.सामाजिक संजालमा व्यक्त हुने अमर्या्दित तथा असभ्य व्यवहारहरुलाई कानुनी दायरामा ल्याई सभ्य समाज निर्माणमा जोड दिईनेछ । पारदर्शी सरकार निर्माणमा जोड दिन गाउँपालिकाको डकुमेन्ट्री निर्माण तथा रेडियो कार्यक्रम मार्फत हाम्रो रघुगंगा राम्रो रघुगंगा र रघुगंगा सेरोफेरो कार्यक्रम लाई निरन्तरता दिईनेछ । सूचना प्रवाहमा राज्यको चौंथी अंग पत्रकारिताको व्यापक प्रयोग गर्न प्रत्येक वडामा पत्रकारिता प्रर्वदन कार्यक्रम संचालन गरिनेछ । साथै उत्कृष्ट पत्रकारिता गरी हाम्रो सरकारको समृद्धिको यात्रामा सहयोग प्रदान गर्ने पत्रकार ज्यू लाई उचित सम्मान गरिनेछ ।
५६.स्थानीय पूर्वाधार विकास कार्यक्रम समेत उपभोक्ता समितिमार्फत कार्य गरी सम्पन्नको अन्तिम तयारीमा रहेको छ । यस कार्यक्रम मार्फत पाखापानी हुँदै धवलागिरी गाउँपालिका समेत सडक सञ्जालमा जोडिन गई विकासमा सहकार्यको भावना समेत विकास भएको छ । त्यस्तै रघुगंगा वृद्धाश्रमको सुदृढीकरणका लागि महिला,वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गाउँपालिकाबाट समेत वजेट विनियोजन भै योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको अवस्था छ । वृद्धाश्रम स्थापना होइन घरमा नै ज्येष्ठ नागरिकलाई अनिवार्य रुपमा सम्मान र आदरका साथ राख्नु पर्ने नीति अवलम्वन गरिनेछ ।
५७.गैरसरकारी संघ संस्थामा आवद्ध रही गाउँपालिका क्षेत्रभित्र कार्यरत रहेका विदेशी नागरिकको यथार्थ विवरण गाउँकार्यपालिकाको कार्यालयमा अनिवार्य रुपमा अध्यावधिक गरी जानकारी गराउनुपर्ने नीति अविलम्व लिईनेछ ।
५८. सार्वजनिक प्रशासनलाई राजनीतिक सिद्धान्तबाट अलग राखी सरकारका नीति तथा कार्यक्रम निष्पक्ष रुपमा कार्यान्वयन गरी समृद्ध रघुगंगा निर्माणमा समर्पित गराईनेछ ।

गाउँसभाका सदस्यज्यूहरु,
५९. यी नीति तथा कार्यक्रमको कार्यान्वनयबाट ″ समृद्ध रघुगंगा,सुखी रघुगंगावासी″ को गन्तव्यमा पुगी समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो सरकारका प्रत्येक कार्यहरुको केन्द्रविन्दु आम नागरिक हुनेछन ।सबैलाई समान अवसर,समान अधिकार,उत्तिकै सुरक्षा,उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ ।
६०.अन्त्यमा,प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनको लागि सवैको सहकार्य र स्वामित्व अपरिहार्य छ । यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय,राजनीतिक दलहरु,संघ संस्थाहरु,निजी तथा सहकारी क्षेत्र लगायत सवैको सद्भाव, र सहयोग हुनेमा विश्वस्त छु । गरिमामय यस गाउँसभाबाट रचनात्मक सुझावको अपेक्षासहित विदा हुन्छु ।
धन्यवाद !

जय रघुगंगावासी !
जय रघुगंगा गाउँपालिका !
भव वहादुर भण्डारी गाउँपालिका अध्यक्ष

असार ५ गते भएकाे गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम छलफल सहित पारित भएकाे छ ।