कुनै सुविधा लिन्नः डमबहादुर पुन

  • ११ बैशाख २०७४, सोमबार
  • राकेश शर्मा
  • 2085 पटक पढिएको

म्याग्दी, ११ वैशाख । अन्नपूर्ण गाउँपालिकाका प्रमुखलाई नेपाली काँग्रेसका उम्मेद्वार क्या.डमबहादुर पुनले गाउँपालिकाको प्रमुखमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने बताएका छन् । चुनाबी अभियानका क्रममा गाउँपालिका अन्र्तगत दोसल्लेमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै पुनले यस्तो घोषणा गरेका हुन् ।

घोरेपानीका सफल पर्यटन व्यवसायी र अवकाश प्राप्त भारतीय सैनिक रहेका पुनले समाजसेवा र अन्नपूर्ण गाउँपालिकाको समग्र विकासका लागि आफु राजनीतिमा होमिएको बताए । आमसभामा तिब्ल्याङ र दोसल्लेका सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । ‘म राजनीतिमा सरकारी सेवासुविधा प्रयोग गर्न आएको होइन् ।

गाउँपालिका प्रमुखलाई के कस्तो सुविधा हुन्छ, मलाई थाहा छैन तर, जेजति हुन्छ, त्यो सबै जनतालाई नै दिनेछु’, उनले भनेका छन् ।

पुन नेतृत्वको टोलीले गाउँपालिकाको विभिन्न वडामा चुनाबी अभियानलाई तीब्र बनाएका छन् । दोसल्ले निरप्रसाद पुनको सभापतित्वमा भएको कार्यक्रममा वडा ७का वडा अध्यक्षका प्रत्यासी गमबहादुर फगामी लगायतका नेताहरुले आमसभालाई सम्बोधन गरेका थिए ।

राकेश शर्मा