म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ लोकगीतको म्युजिक भिडियो छायांकन

  • २७ बैशाख २०७६, शुक्रबार
  • 3296 पटक पढिएको

म्याग्दी २७ वैशाख । म्याग्देली कलाकार रमेश रोकाको ‘भन्दिन म’ बोलको लोकगीतको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन पाँखु घर भई हाल अष्टेलियामा रहनुभएका रोकाको शब्द सिर्जनामा तयार भएर म्याग्देली कलाकार दिपक कुँभर र निसा केसीको स्वर रहेको सो गीतको म्युजिक भिडियोको छायांकन काठमाण्डौको धुलिखेल क्षेत्रमा गरिएको हो ।

म्युजिक भिडियोमा चर्चित मोडल किसान भण्डारी र आयुष्मा कार्कीको अभिनय गरेका छन् । कृष्ण पौडेलले निर्देशन गरेको सो म्युजिक भिडियोलाई छिट्टै बजारमा ल्याउने तयारी गरिएको छ । गीतका सर्जक रोकाले यस अघि मधुसुदन बञ्जाडेको ‘जिन्दगीको साथी’ बोलको गीतमा अभिनय समेत गरेका थिए ।