भगवतीमा ‘एक घर एक धारा’ आयोजना सञ्चालन

  • १२ बैशाख २०७६, बिहीबार
  • 1856 पटक पढिएको

बेनी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा स्थानीयलाई खानेपानीको सुविधाको लागि ‘एक घर एक धारा’ आयोजना सञ्चालन गरिएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाईएको हो । चालु आर्थिक बर्षको लागि वडा कार्यालयले गौरबको आयोजनाको रुपमा छनौट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगंगा गाउँपालिका मार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ ।

त्यसैगरि गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिनुभयो । गाउँपालिका र प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट दुई वडा उपभोक्ता समिति मार्फत आयोजनाको काम सुरु भएको वडा अध्यक्ष कटुवालले बताउनुभयो । स्थानीय स्तरमा रहेका खानेपानीका मुहान संरक्षण र स्रोतलाई एकिकृत गरि व्यवस्थित वितरण मार्फत हरेक घरमा खानेपानीको सहज सुविधा उपलब्ध गराउने योजना रहेको छ ।

उपभोक्ता समितिले आयोजनाको ट्यांकी र पाईपलाइन विस्तारको काम सुरु गरेका छन् । विभिन्न ९ ठाउँमा ट्यांकी निर्माण गरि छरिएर रहेका खानेपानीका स्रोतहरुलाई एकिकृत गरि घरघरमा खानेपानी पु¥याउने लक्ष्य सहित आयोजनाका काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर भण्डारीले जानकारी दिनुभयो । हरेक ट्यांकी ३० हजार लिटर बढी क्षमताका रहनेछन् । यस आयोजनाबाट भगवतीका ९५० घरधुरीका ४ हजार बढी जनसख्ंयालाई शुद्ध खानेपानीको पहुँच पु¥याउने लक्ष्य रहेको छ ।

????????????????????????????????????

गाउँपालिका मार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा भण्डारी र प्रदेश सरकार मार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा मित्रलाल सुवेदीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर निर्माण कार्य सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।