लायन्स क्लब बेनी पिस सिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित, दुई पत्रकार सम्मानीत

  • १० बैशाख २०७६, मंगलवार
  • 2492 पटक पढिएको

म्याग्दी, १० वैशाख । लायन्स क्लब अफ बेनी पिस सिटी म्याग्दीको सोमबार सदरमुकाम बेनीमा सम्पन्न चौथो साधारणसभा तथा अधिवेशनले वर्ष २०१९/२० का लागि नरेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
क्लबको प्रथम उपाध्यक्षमा खम थापामगर, द्वितीय उपाध्यक्षमा सुवर्ण रिजाल, तृतीय उपाध्यक्षमा भोजबहादुर रिजाल, सचिवमा विरेन्द्र श्रेष्ठ, कोषध्यक्षमा सचिन शाक्य, सहसचिवमा नन्दुकुमार पाईजा, सह–कोषाध्यक्षमा हरिकृष्ण गौतम, रिपोर्टिङ डाइरेक्टरमा दिपक श्रेष्ठ, टेमामा सन्दिप खत्री र टेलट्वीष्टरमा बामदेव रिजाल चयन भएका छन् ।

अधिवेशनको अवसरमा जिल्लामा क्रियाशिल दुई पत्रकारलाई सम्मान गरिएको छ । पत्रकारीता मार्फत समाजसेवा र लायन्स अभियानमा रचनात्मक सहयोग पु¥याएको भन्दै म्याग्दी अनलाईनका सम्पादक कमल खत्री र नवविकल्प साप्ताहिकको सम्पादक ठाकुर प्रसाद आचार्यलाई नगद र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै लायन्स क्लबका सिनियर एओजी/एमजेएफ सन्तोष रावलले लायन्स क्लबहरु नितान्त सामाजिक सेवामा समर्पित र स्वतन्त्र संस्था भएको बताए । उनले लायन्स क्लबको मुख्य लक्ष्य सामाजिक सेवामार्फत समाजको विकासमा सहयोग गर्ने रहेको बताउँदै संस्थालाई जीवन्त राख्न गतिशिल र क्रियाशिल बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठ, म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठ, बेनी सिटीका रिजन चियरपर्सन दिपेन्द्र श्रेष्ठ, बेनी सिटीका अध्यक्ष विनय श्रेष्ठ, बेनी–मल्लाजका अध्यक्ष श्रीलाल चापागाई र बेनी महारानीका अध्यक्ष रञ्जिता शेरचनले मन्तव्य राखेका थिए । अधिवेशनमा लायन्स क्लब अफ बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्यले नरेश श्रेष्ठलाई अध्यक्षमा प्रस्ताव गरेका थिए ।

साधारणसभामा क्लबका निवर्तमान कोषाध्यक्ष विरेन्द्र श्रेष्ठले आर्थिक र सचिव भोजबहादुर रिजालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । निवर्तमान अध्यक्ष लोकेश पुन मगरको अध्यक्षता, प्रथम उपाध्यक्ष खम थापाको स्वागत र सचिव रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रम तृतीय उपाध्यक्ष नरेश श्रेष्ठले ध्वजाको अभिवादन गरेका थिए ।