नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन

  • १० बैशाख २०७६, मंगलवार
  • 1970 पटक पढिएको

म्याग्दी, ९ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको नेतृत्वको भागबण्डा अनुसार, नेकपा म्याग्दीको अध्यक्षमा  तत्कालिन नेकपा माओावादी केन्द्रका संयाेजक  गोविन्द पौडेल र सचिवमा तत्कालिन एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।

नेकपाले जिल्ला नेतृत्वमा तत्काललाई अध्यक्ष र सचिब पदमा तत्कालिन एक अर्का पार्टीले लिने गरि जिल्ला नेतृत्वलाई टुंगो लगाएको हो । नेकपा म्याग्दीको अध्यक्षमा चयन भएका पौडेल तत्कालिन नेकपा माओावादी केन्द्रका जिल्ला संयोजक हुनुहुन्छ । पूर्व सभासद समेत रहेका पौडेल म्याग्दीको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् । तत्कालिन माओवादी जनयुद्धमा पौडेलको परिवार सहित जनयुद्धमा होमिएका थिए ।

पार्टी केन्द्रले अध्यक्षमा चयन गरे लगत्तै पौडेलले जिल्लामा नेकपालाई अझ बलियो र जनमुखि बनाउन आफु थप क्रियाशिल र शसस्त भएर लाग्ने प्रतिकृया दिनुभएको छ । सचिवमा चयन हुनुभएका श्रेष्ठ दुई /दुई कार्यकाल तत्कालिन एमालेको जिल्ला अध्यक्ष समालिसक्नुभएको छ । सालिन र भ्रद्र स्वाभावका श्रेष्ठ तत्कालिन समयमा एमालेको जिल्ला अध्यक्ष भएसँगै पार्टीलाई बलियो र संस्थागत गर्न महोत्वपूर्ण भूमिका खेल्नुभएको थियो । २०५३ को स्थानीय निर्वाचनमा अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।