राखु समाज कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन

  • ७ बैशाख २०७६, शनिबार
  • 2849 पटक पढिएको

म्याग्दी, ७ वैशाख । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न संस्थाको १७ औँ बार्षिक साधारणसभा तथा अधिबेशनबाट प्रेम मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।


समितिको उपाध्यक्षहरुमा रामु रिजाल, पुस्कल मल्ल, बसन्त श्रेष्ठ, महासचिबमा प्रविणकुमार मल्ल र सचिबमा दिपेन्द्र रिजाल चयन भएका छन् । सहसचिबमा रेणु मल्ल, कोषाध्यक्षमा राजन भुजेल र सहकोषाध्यक्षमा शान्ति मल्ल चयन भएका छन् । समितिको सदस्यहरुमा हिरा मल्ल, मिना मल्ल, पुष्पा सुवेदी, चुन कार्की, ज्ञानेन्द्र श्रेष्ठ, विमल मल्ल चयन भएका छन् ।


प्रेम मल्लको अध्यक्षता, राजेन्द्र मल्लको सञ्चालन र भगवान श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा जर्नेल शान्त कुमार मल्लले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शान्त बहादुर मल्ल,बसन्त श्रेष्ठ, रेणु मल्ल, शमशेर श्रेष्ठ लगायतले मन्तव्य राखेको नवनिर्वाचित सचिब रिजालले जानकारी दिए । राखु समाज कल्याण समिति काठमाण्डौले विभिन्न सामाजिक कार्यसंगै म्याग्दीका विभिन्न ठाउँमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ ।