प्रथम चिनाकोट कपको उपाधी आयोजकलाई

  • ५ बैशाख २०७६, बिहीबार
  • 3198 पटक पढिएको

म्याग्दी, ५ वैशाख । नव बर्ष २०७६ को अवसरमा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको खानिगाउँमा प्रथम चिनाकोट कप प्रतियोगिता सम्पन्न गरिएको छ । तत्कालिन बाईसे चौबिसे राजाको पालामा राजा बसेको ठाउ चिनाकोट लाई प्रचार प्रसार गर्ने उद्देश्यको साथ खानिगाउमा रहेको समाज मैत्री युवा क्लबद्वारा आयोजित प्रथम चिनाकोट कप फुटसलको उपाधी आयोजको पोल्टामा परेको छ ।

प्रतियोगितामा मङ्गला युवा कलब बाबियाचौरले उपबिजेतामा चित्त बुझाएको छ । वडा कार्यलय बाट छुट्टिएको नगद रु १ लाख ५० हजार बटेजबाट गाउमा रहेको खाली चौरलाई सदुपयोग गर्दै क्लबले खेलमैदान निर्माण गरेको हो । सो खेलमैदानको प्रतियोगिताकै अवसरमा प्रमुख अतिथी वडा अध्यक्ष कबिन्द्र रोका मगरबाट उद्घाटन गरिएको थियो ।

कुल २६ टिमको सहभागिता रहेको उक्त फुटसलको प्रथम हुनेले नगद रु १० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने द्दितृय हुनेले नगद रु ६ हजार मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे। ६ गोल गरेका सर्बाधिक गोलकर्ता जिबन मगर, उत्कृष्ट खेलाडी जिबन मगर,उत्कृष्ट किपर अनिश क्षेत्री र उत्कृष्ट डिफेन्डर आदित्य केसि बने ।

सो अवसरमा चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती समेत राखिएको कार्यक्रम संयोजक दर्पण रोका मगरले बताए । उनले आगामी दिनमा मैदानलाई व्यवस्थित बनाउने र ऐतिहाँसिक पर्यटकिय स्थल चिनाकोटको प्रचार प्रसारमा क्लब लागीपर्ने बताए ।