केही दिनभित्रै पार्टी एकता निष्कर्षमा : नेता आचार्य

  • ३ बैशाख २०७६, मंगलवार
  • 1869 पटक पढिएको

बेनी, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भिम आचार्यले बैशाख ९ गतेभित्रमा पार्टी एकताले मुर्त रुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीका शिर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो ।

उहाँले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रकृया टुंग्याएर पार्टीलाई बलियो बनाउने तयारी भैरहेको बताउनुभयो । ‘‘ अब पछि फर्कने ठाउँ छैन, एकता मार्फत एकताबद्ध भएर अघि बढ्नुपर्छ, निश्चित कार्यविधिको आधारमा नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी दिनुपर्छ’’– नेता आचार्यले भन्नुभयो ।
उहाँले वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार नगर्दा नकरात्मक कुराहरुको मात्रै हल्ला फैलाउन प्रतिपक्ष उद्धत रहेको भन्दै नेता तथा कार्यकर्ताहरु समेत सचेत रहनुपर्ने बताउनुभयो ।

????????????????????????????????????

उहाँले नेपालका दुई ठुला बामपन्थि शक्ति एक हुँदा बामपन्थि विरोधी शक्तिहरु सरकारका कामहरुलाई प्रभावित तुल्याउन उद्धत रहेको समेत आरोप लगाउनुभयो ।
वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम कार्य गर्नको लागि आधार तयार गरिसकेको बताउँदै उहाँले नयाँ सविधान, उंघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धीहरुको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले जनतामा सार्वभौम शक्ताको अधिकार रहेकाले बिप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह समेत गर्नुभयो ।