बाबियाचौरमा खेलकुद प्रतियोगिता सम्पन्न

  • १ बैशाख २०७६, आईतवार
  • 1807 पटक पढिएको

बाबियाचौर १ बैशाख । मंगला गाउँपालिका २ बाबियाचौरमा शनिबार चैत्र महाअस्टमी पर्वको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगला युवा क्लवले आयोजना गरेको मेला अन्तरगत २२ समूह सहभागि पुरुष भलिबल प्रतियोगितामा रुम खवाङ प्रथम र सिमलचौर युथ क्लव दृतीय भएका छन् ।

६ समूह सहभागि महिला भलिबल प्रतियोगितामा प्रगतिशिल युवा कल्व किमचौर प्रथम र फ्युटर स्टर युथ क्लव गहते दृतीय भएका छन् । २१ समूह सहभागि ब्याडमिन्टन प्रतियोगितामा मंगला युथ क्लव प्रथम र दरवाङ ब्याडमिन्टन संघ दृतीय भएका छन् ।

क्लवका अध्यक्ष विकास केसीको अध्यक्षता, सचिव गणेश गिरीको सञ्चालन, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यता र उपाध्यक्ष सिर्जना केसीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । मेलामा कलाकार धु्रब जिसी, रवी कार्की, अमित विश्वकर्मा, सम्बोज मल्ल, मिलन वि.क र हाँस्य कलाकार विकास फगामीको समेत प्रस्तुति रहेको क्लवका सहसचिव राजकुमार पाण्डेले जानकारी दिनुभयो ।