मिर्गौला पीडित छन्त्याललाई साढे ८ लाख बढी सहयोग

  • २७ चैत्र २०७५, बुधबार
  • 2822 पटक पढिएको

म्याग्दी, २५ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारकी दुबै मिर्गाला पीडित माया कुमारी छन्त्याललाई साढे ८ लाख बढी आर्थिक सहयोग जुटेको छ । अष्ट्रेलिया , युके लगायतका ठाउँमा रहेका नेपालीहरुबाट छन्त्यालको उपचारमा सो सहयोग जुटेको हो । २६ बर्षिय छन्त्यालको उपचारको लागि अष्टे«लियामा छन्त्याल परिवार अस्ट्रेलियाको संयोजनमा ५ लाख ३८ हजार तीन सय बिस रुपैयाँ र बेलायतमा मल्कबाङ समाज युकेको संयोजनमा रु २ लाख ५ हजार ६ सय छत्तिस रुपैयाँ सहयोग जुटेको हो ।


अष्ट्रेलियामा रहेको नेपाली तथा युकेमा रहेका म्याग्देली र नेपालीहरु मार्फत जुटेको सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसैगरि इराकबाट रेशम छन्त्यालको संयोजनमा ५९ हजार ५ सय चौविस र कोरियामा रहेका पुर्ण छन्त्याल, जापनमा रहेका प्रेम छन्त्याल, कुवेतमा रहेका सुक बहादुर रसाईली र कोरियामा रहेका ज्ञान छन्त्यालबाट रु ५÷५ हजार सहयोग प्राप्त भएको छ भने कतारमा रबिन्स छन्त्याल र अमेरिकामा बल छन्त्याल र तम छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन भैरहेको बताइएको छ ।