बेनीमा जारी प्रथम पर्यटन महोत्सव संगीतमय (भिडियो सहित)

  • २६ चैत्र २०७५, मंगलवार
  • 2491 पटक पढिएको

म्याग्दी, २६ चैत । म्याग्दी सदरमुकाम बेनीमा जारी प्रथम पर्यटन महोत्सव संगीतमय बनेको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले संगीतमय बनेको हो ।

बेनीमा रेडियो म्याग्दीको आयोजनामा भएको प्रथम म्याग्दी पर्यटन महोत्सवमा गायक रामजी खाँडको प्रस्तुती । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले संगीतमय बनेको छ । भिडियो : कमल खत्री

Gepostet von MyagdiOnline – म्याग्दी अनलाईन am Montag, 8. April 2019

महोत्सवमा सोमबार चर्चित कलाकारहरु रामजी खाँड, अमित विश्वकर्मा, अमृता श्रीपाल, ध्रुव जिसी लगायतले प्रस्तुती राखेका थिए । मंगलवार पोख्रेली ध्रुमुस र माग्ने बुढाको हाँस्य व्यंगे संगै गायक चन्द्र शर्मा र रमेशराज  भट्राई लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।

चर्चित कलाकारहरुको प्रस्तुतिले दर्शकहरुको आकर्षण बढेको रेडियोका स्टेशन म्यानेजर भरत रकालले बताउनुभयो । ‘‘ हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव बैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता समेत समावेश गरिएको मुल संयोजक चिरञ्जीवि शर्माले बताउनुभयो । खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।