जिल्लाको विपद् ब्यवस्थापनका लागि ‘उद्धार सामाग्री’ सहयोग

  • १४ चैत्र २०७५, बिहीबार
  • 2132 पटक पढिएको

धिरन खत्री

म्याग्दी, १४ चैत । म्याग्दी जिल्लामा विभिन्न समयमा हुने दैविक प्रकोपलाई ब्यवस्थापन तथा उद्धार गर्नका लागि उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले नेपाली सेनाकाे  श्रीबक्स गुल्मलाई विपद् ब्यवस्थापनको लागि उद्धार सामाग्री हस्तान्तरण गरेको हो ।


मोना म्याग्दीको सचिवालय बेनीमा आयोजना गरिएको हस्तान्तरण कार्यक्तममा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र मोना आईसीसीका सल्लाकार सुवासकुमार श्रेष्ठ र मोना आईसीसीका कोषाध्यक्ष राम खड्काले नेपाली सेना श्री बक्स गुल्मका सेनानी राजन दाहाललाई सो सामाग्री हस्तान्तरण गरिएको छ ।


५० हजार रुपैया बराबरको सिट हार्नेस, कलाम्वीङ डोरी, फिगर, क्यारविना लगायतको सामाग्री सहयोग गरिएको थियो । मोना आईसीसीका कोषाध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्तमामा बोल्दै बेनी नगरपालीका मेयर हरिकुमार श्रेष्ठले रोजगार, ब्यवसाय र पढाइको शिलशिलामा विभिन्न देशमा पुगेका म्याग्देलीहरुले जिल्लाको शिक्षा, स्वास्थ्य र विकास क्षेत्रमा गरेका सहयोगप्रति धन्यवाद दिदै निरन्तरता दिन आग्रह गरेका थिए । उनले मोनाले सहयोग गरेको उद्धार सामाग्रीले जिल्लामा भैपरि आउने विपद् ब्यवस्थापनका लागि सहयोग पुग्ने बताए ।


सल्लाकार सुवास श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्तममा मोना नागोया जापानका अध्यक्ष रुपेश चोचाङ्गीले शुभकामना मन्तव्य राखेका थिए । मोना सम्पर्क कार्यालय म्याग्दीकी सचिव रञ्जना श्रेष्ठको संचालनमा भएकोे कार्यक्रममा भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ, मोना नागोया जापानका कोषाध्यक्ष रामबहादुर किसानको उपस्थित रहेको थियो ।