रघुगंगामा प्रजातन्त्र दिवस मनाईयो

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 2233 पटक पढिएको

चन्द्र खड्का
मौवाफाँट ७ फागुन ।
६९ औँ प्रजातन्त्र दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाले दृष्टिविहिन बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेको छ । दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा ज्ञानोदय मावि, स्थानीय पवित्र आमा समुह र समाजसेवा युवा क्लबले संयुक्त रुपमा प्रभातफेरी गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका विद्यार्थी र शिक्षक लगायत स्थानीय सरोकारवाला सहभागी प्रभातफेरी ¥यालीले मौवाफाँट परिक्रममा पश्चात विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले प्रजातन्त्रको मुल्य मान्यतालाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका निमिक्त प्रअ आकृति सुवेदी रेग्मीले नेपालमा प्रजातन्त्र , लोकतन्त्र हुँदै गणतन्त्र स्थापना सम्म धेरै नेपालीको त्याग, बलिदान र योगदान रहेको स्मरण गर्दै प्रजातन्त्रको मान्यता सबै व्यक्ति र संस्थामा व्यवहारिक रुपमा लागु गर्न सके मात्रै दिवसको औतित्य हुनेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख टिका बहादुर शाहीको स्वागत र कार्यक्रम अधिकृत पदम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।