नेपाली काँग्रेसले म्याग्दीले थाल्यो घरदैलो कार्यक्रम

  • ४ बैशाख २०७४, सोमबार
  • राकेश शर्मा
  • 2267 पटक पढिएको

बैशाख ४ म्याग्दी । नेपाली काग्रेस म्याग्दीले बैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई लक्षित गरेर घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्र्तगत आईतबार बेनीनगरपालीका ५ डडुवामा कार्यक्रम सम्पन्न गरेको छ ।

सो क्रममा १० जनाले एमाले परित्याग गरी काँग्रेसमा प्रबेश गरेको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चिरनजिवी शर्मा, डडुवाका एकाई सभापति हिमबहादुर खत्री र स्थानीय कार्यकर्ताले गरको घरदैलो कार्यक्रममा एमाले पाटीका १० जना पाटी परित्याग गरी नेपाली काँग्रसमा प्रवेश गरेका हुन्।

 

घरदैलो कार्यत्रलमलाई अझै प्रभावकारी तरीकाले लैजाने र हरेक गाउँमा घरदैलो कार्यक्रम गर्नेे नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।

राकेश शर्मा