ऐशियन च्याम्पियनसिप कराँतेमा स्वर्णपदक विजेता निर्मललाई रघुगंगा गाउँपालीकाद्वारा सम्मान

  • २३ पुष २०७५, सोमबार
  • 2551 पटक पढिएको


म्याग्दी, २३ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकिय प्रमुख रमेश थापाले सयुक्त रुपमा नगद, दोषल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । स्वर्णपदक जितेर जिल्लामा आएका निर्मललाई सोमबार गाउँपालिकाको कार्यालयमा नगद १५ हजार १५५ रुपैया, दोषल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर अफगानिस्तानलाई हराउदै च्याम्पियनसिपको उपाधी जितेका थिए ।


सो सम्मान कार्यक्तममा स्वर्णपदक विजेता कटुवालले गाउँपालिकाले गरेको सम्मानले आगामी दिनमा हुने अन्तराष्ट्रिय करातेमा थप जिम्मेवार बनाएको बताउदै सबैलाई धन्यवाद दिएका थिए । बालबच्चालाई समुदायमा अनैतिक गतिविधिबाट मुक्त गराउन खेलकुद सहभागि हुने वातावरण निर्माणमा गाउँपालिकाले आवश्यक पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए । गाउँपालिकाका अध्यक्ष भण्डारीले खेलक्षेत्रलाई निरन्तरता शुभकामना दिदै बद्याई दिएका थिए । भण्डारीले बालबच्चाको खेलक्षेत्रको प्रतिभा पहिचान गर्न आवश्यक पुर्वाधार निर्माणमा गाउँपालिकाले जोड दिएको बताए । गाउँपालिकाबाट उत्पादीत खेलाडीले अन्तराष्ट्रियस्तरमा प्रतिभा देखाउने खेलाडीलाई प्रोत्साहन कार्यक्तमलाई निरन्तरता दिने बताएका थिए ।

 

खेलाडी कटुवाललाई आईतबार जन्म गाउँमा वडा कार्यालय र नमुना आमासमुहले सम्मान गरेका थियो ।म्याग्दीबाट प्रतिनिधित्व गर्दै पहिलोपटक पश्चिमाञ्चलस्तरीय हेभि तौलमा सहभागि भएर स्वर्णपदक जितेका थिए । पश्चिमाञ्चलबाट राष्ट्रियस्तरमा सहभागि भएर ३ गोल्डमेडल, ४ ओटा कास्यपदक र ५ ओटा रजत पदक जितेका छन् दुईबर्षदेखि केसीले पोखरमा कराते सिकाउदै नयाँ खेलाडी उत्पादन गर्दै आएका छन्।