बोलेर होईन विकासको काम गरेर देखाउनुपर्छ : अध्यक्ष तिमिल्सीना

  • १६ पुष २०७५, सोमबार
  • धिरन खत्री
  • 1848 पटक पढिएको

 


बेनी १६ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जनप्रतिनिधिले बोलेर होईन विकासको काम गरेर देखाउनुपर्ने बताएका छन । पर्वतको जलजला गाउँपालिका– २ बगरफाटँ स्थित शिद्धबाबा आधारभूत विद्यालयको सर्वाङ्गीण विकास र विद्यालय संचालनका लागि आयोजित महायज्ञको उद्घाट्न गर्दैै अध्यक्ष तिमिल्सीनाले सरकारी सेवा गुणस्तर बनाउन जनप्रतिनिधि, कर्मचारी र समुदाय जागरुक हुनुपर्ने बताएका हुन् ।

जनताले निशुल्क पाउने सरकारी सेवासुविधामा सरकारी कर्मचारी र समुदाय जिम्मेवार नहुदाँ नीजि क्षेत्रले फाईदा लिएको बताउदै सरकारी सेवालाई दिगो र गुणस्तर बनाउन योग्यता अनुसारका कर्मचारी शिक्षकले क्षमतालाई प्रर्दशन गर्न आग्रह समेत उनले गरेका थिए। सरकारी शिक्षामा क्षमतावान शिक्षक छनोट भएर आउदाँ पनि नतिजाले अभिभावक र समुदाय निराश भएको जनाउदै विद्यार्थीहरुलाई गुणस्तर शिक्षा उपलब्ध गराउन शिक्षकहरुले क्षमताअनुसार मेहनत र राज्यले दिएको दायित्वलाई पालना गर्न निर्देशन दिएका थिए ।

संविधानमा लेखेको ऐनलाई कार्यान्वय गर्न, स्थानीय सरकार संचालन आवश्यक कानुन निर्माणका लागि सरकारले हिउँदे अधिवेशन सुरु गरेको तिमिल्सीनाले बताए । शिद्धबाबा विद्यालयको उद्देश्यलाई पुरा गर्न आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाउदै भौतिक संरचनामात्र होइन विद्यालयमा विद्यार्थीसख्या बढाउन दिगो रुपमा टिकाउन सबै जिम्मेवार बन्न आग्रह गरे ।

अध्यक्ष तिमिल्सीनाले आफ्नो कार्यकालभित्र जलजला गाउँपालिकाको कालीगण्डकी नदीले कटान गर्ने भुभागको संरक्षणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले कालीगण्डकी नदी बग्ने भू– नमिच्न समेत आग्रह गरेका थिए । आफ्नो कार्यकालमा मिलनचोक–शालीजा र वारिबेनी–मल्लाज–लेकफाँट सडक कालोपत्रे हुने बताए । त्यस्तै म्याग्दीका पुर्वसांसद नवराज शर्माले विद्यालयमा गुणस्तर शिक्षा संचालन लागि आयोजित महायज्ञ सफल बनाउन सबैले आफ्ना बालबच्चाहरुलाई यस विद्यालयमा पढाउनुपर्ने बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले प्राथमिकता दिएको बताए । मल्लले गाउँपालिकाको आर्थिक समृद्धिका लागि सम्भावनाको उजागर, शिक्षा, स्वास्थ्य लगायतको जनताको आधारभुत आवश्यकताप्रती संवेदनशिल रहेको बताएका थिए । पुष १६ गते देखि २३ गतेसम्म संचालन हुने महायज्ञमा पण्डित कमलनयन गौतमद्धारा कथाबाचन गर्ने छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l