प्राविधिक शिक्षामा जोड दिनुपर्छः नेकपाका अध्यक्ष प्रचण्ड

  • २८ कार्तिक २०७५, बुधबार
  • धिरन खत्री
  • 2213 पटक पढिएको


म्याग्दी, २८ कात्तिक ।  पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र ब्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहमुखी क्याम्पसको भौतिक संरचना अवलोकन कार्यक्रममा जिल्लाको प्राकृतिक स्रोतसाधनलाई प्रयोग गर्न प्राविधिक शिक्षालाई जोडदिनुपर्ने बताए ।


संविधानको मर्मअनुसार समृद्ध नेपाल सुखी नेपाली बनाउन देशमै स्वरोजार बाावरण सिर्जना गर्न विदेश पलायन रोक्न प्राविधिक शिक्षा प्राथमिकता दिएर जिल्लाको पर्यटन, जलस्रोत, कृषि र पशुपालन तथा जडिबुटि जस्ता प्रमुख स्रोतहरुबाट फाइदा लिन आग्रह गरेका थिए ।
सिहदरवारको अधिकार गाउँमा पुगेर मात्र संघियता बलियो नहुने भन्दै संघियताको मर्मअनुसार स्थानीय तहमा रोजगारको बातावरण सिर्जना गर्नुपर्ने बताए । युवाजनशक्तिलाई स्वदेशमै बस्ने बातावरण सिर्जना भएमात्र सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभव जनतालाई हुने प्रचण्डले भने ।


अध्यक्ष प्रचण्डले केन्द्रिकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरे । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायीत्व भएको बताउँदै अध्यक्ष प्रचण्डले शैक्षिक क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी दिए ।


विदेश पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने र देश विकासका लागि योग्य र दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्ने शिक्षा नीति बनाईने अध्यक्ष प्रचण्डको प्रतिवद्धता दिए । बिदेश पलायन हुने यहाँको प्रमुख समस्या रहेकोे बताउदै प्राकृतिक स्रोत साधनलाई प्रयोग गरेर स्वरोजगारमा ध्यान दिन आग्रह गरेका थिए । उनले दर्जनौ स्थानमा प्राकृतिक तातोपानीका मुहानहरु रहेको म्याग्दीलाई स्वास्थ्य पर्यटकीय गन्तब्यको रुपमा विकासमा ध्यान दिन आग्रह गरे ।


अध्यक्ष प्रचण्डले म्याग्दी बहुमुखी क्याम्पसको गतिबिधि समेटिएको पुस्तकको विमोचन गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र प्रमुख टिकाराम सापकोटाले समुदायद्धारा सञ्चालित म्याग्दी क्याम्पसको इतिहाँस, वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । सोही कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल पनि पुगेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l