रघुगंगा आमा समूहको साधारणसभा

  • ३० आश्विन २०७५, मंगलवार
  • 2335 पटक पढिएको


बेनी ३० असोज । रघुगंगा गाउँपालिका ३ राहुघाटमा रहेको रघुगंगा आमा समूहको प्रथम साधारणसभा सोमबार सम्पन्न भएको छ ।समूहकी अध्यक्ष फमाया तिलीजाको अध्यक्षता, बिमला शर्माको सञ्चालन र मनीता पुर्जाको स्वागत मन्तब्य तथा टोल सुधार समितिका अध्यक्ष तमबहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा स्थानीय अगुवा लक्ष्मण चालीसे र कल्वका अध्यक्ष कुमार तिलीजाले मन्तब्य व्यक्त गरेका थिए ।

आफ्नै सामुदायिक भवन निर्माण गरेको समूहले सरसफाई, गलेश्वरमा मेलाका समयमा जलपान, भक्तजनलाई सहयोग, सामाजिक विकृती न्युनीकरणका लागि विभिन्न गतिबिधि गर्दै आएको छ ।