सामुहिक लगानी भित्र्याउने प्रयासमा छौ : जुक्जाली

  • १५ भाद्र २०७५, शुक्रबार
  • 3616 पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका ७ बिमको बाईन्दफाँटमा जन्मिएका ओमनारायण जुक्जाली हाल म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका उपाध्यक्ष तथा मोना बेनी लभ्लिहील पदमार्ग संयोजक हुनुहुन्छ । एनआरएनए कोरीयाको बरिष्ठ उपाध्यक्ष र मोनामा एक कार्यकाल सहकोषाध्यक्षको अनुभव सगालेका जुक्जाली बिदेशमा ब्यापार ब्यवसायका साथ साथै सामाजिक क्षेत्रमा पनी सक्रिय हुनुहुन्छ । मोनाको गतिबिधी, मोनाले गरेका कामको उपलब्धि, भावी योजना, सरकार तथा नेपाली समाजसंग प्रवासीहरुको अपेक्षा लगायतका विषयमा केन्द्रिय रहेर पत्रकार सन्तोष गौतमले जुक्जालीसंग लिएको अन्तरवार्ता ।

मोना विस्तार र प्रवासी म्याग्देलीलाई एकतावद्ध गर्न प्राथमिकता ।
–सामाजिक काम, मानबिय सेवा र विकासमा प्रवासीको भुमिका बढ्दो ।
–पर्यटन, जलविद्युत र कृषि क्षेत्रमा सामुहिक लगानी भित्र्याउने प्रयास ।
–लगानीमैत्री निती, नियम, वातावरण र सुरक्षाको अपेक्षा ।

–स्वागत छ यहाँलाई ?
धन्यवाद ।

–मोनाको पछिल्लो गतिबिधीको बारेमा बताईदिनुहोस न ?
विश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई एकतावद्ध गर्ने उद्देश्य अनुसार हामी संगठन विस्तारमा जोड दिएका छौ । हालसम्म २८ देशमा मोना गठन भएको छ । पछिल्लो समय मकाउमा मोना विस्तार गरेका छौ । विद्युतीय पुस्तकालय, बिदेशमा अप्ठ्यारोमा परेका म्याग्देलीलाई सहयोग, जिल्लाको शिक्षा स्वास्थ्य, विपद् ब्यवस्थापन, राहतमा सघाउदै आएका छौ । म्याग्दीको पर्यटन विकासमा योगदान गर्ने उद्देश्यले अहिले हामी मोना बेनी लभ्लिहिल पदमार्ग निर्माण अभियानमा जुटेका छौ । विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुलाई मोनालाई अन्तराष्ट्रिय स्तरमा स्थापीत गराउने, नयाँ ईतिहाँस रच्ने यो अभियानमा सहयोग गरिदिनुहुन अनुरोध छ ।
–मोनाको उद्देश्य के हो र यसले अहिलेसम्म गरेका मुख्य मुख्य काम के के हुन ?
रोजगारी, अध्ययन, ब्यापार, ब्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुलाई एकतावद्ध गर्नु मोनाको प्रमुख उद्देश्य हो । यो गैरराजनितीक र गैरनाफामुलक प्रवासी म्याग्देलीहरुको साझा संस्था हो । मोनाले प्रवासमा रहेका म्याग्देलीहरुलाई दुख, अप्ठ्यारो पर्दा तथा जिल्लाको सुख दुखमा सहकार्य गर्दै आएको छ । प्रवासमा रहेर जन्मथलोको विकास र सामाजिक कार्यमा मोनाको पहलमा विभिन्न गतिबिधी भएका छन् । हामी सुरुवाती चरणमा छौ । म्याग्दीमा सम्भावना बोकेको जलविद्युत, पर्यटन र कृषि क्षेत्रको सम्भाव्यत्ता अध्ययन गरी प्रवासबाट सामुहिक लगानी भित्र्याउने प्रयासमा छौ । घलेम्दीखोला, दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनामा प्रवासीको लगानी भित्रीएको छ । सामुदायीक विद्यालयको गुणस्तर सुधारका लागि विद्युतीय पुस्तकालय अभियान सञ्चालन भएको छ । मोना बेलायतले केही वर्ष अघिनै म्याग्दीमा तिन वटा एम्बुलेन्स सहयोग गरेको थियो । मोना मार्फत सामाजिक, मानवीय सेवा र विकासको क्षेत्रमा धेरै काम भएका छन् ।

मोना बेनी लभ्लिहील पदमार्गमा कसरी साझेदारी गर्नुभयो ? यो योजनामा मोनाको भुमिका कस्तो हुन्छ ?
नगरपालिका, मोना र उद्योग वाणिज्य संघको क्रमश पचास, चालिस र दश प्रतिशत लगानीमा यो पदमार्ग निर्माण हुन लागेको हो । आफ्नो जिल्लाको विकासमा सहयोग गरेर मोनालाई सामाजिक क्षेत्रमा स्थापित गराउने र ईतीहाँस रच्ने काममा सहयोगका लागि संसारभर छरीएका म्याग्देलीहरुलाई आव्हान गर्दछु । यो हाम्रो गैरनाफामुलक काम हो । स्वच्छीक रुपमा सहयोग गर्ने चन्दादाताहरुको नाम शिलालेखमा उल्लेख गर्ने सम्झौता भएको छ । सरोकारवालाहरुको छलफलपछि बेनी लभ्लिहिल पदमार्ग योजनामा मोना थप गरिएको छ । यसबाट बेनी मात्र नभएर समग्र म्याग्दी जिल्लाको पर्यटन विकासमा योगदान पुग्ने अपेक्षा गरेका छौ । म्याग्दीको सम्भावनालाई विश्वभर उजागर गरेर लगानी भित्र्याउन सन्देश प्रवाह गराउन प्रयास गरेका हौ ।

–मोनाको बेनीमा भएको पहिलो विश्व सम्मेलनबाट भएको म्याग्दीका सबै बस्तीमा ईन्टरनेट विस्तार योजनामा सघाउने घोषणा कार्यान्वयनको अवस्था कस्तो छ ?
करिब चार वर्षअघि बेनीमा भएको मोनाको ऐतिहाँसीक विश्व सम्मेलन र प्रथम अधिवेशनबाट तत्कालीन जिविसले अघि सारेको ईन्टरनेट विस्तार योजनालाई सहयोग गर्ने घोषणा गरिएको थियो । घोषणा अनुसार कतिपय देशमा दाताहरुले सहयोग घोषणा र केही ठाउँमा रकम संकलन पनी भयो । तर सरकार आफैले ईन्टरनेट विस्तार गर्ने निती लिएको र राज्य पुनसंरचनाका कारण यो योजना कार्यान्वयन हुन सकेन् । घोषणा भएको सहयोग उठाइएको छैन् । संकलित रकम सम्बन्धित देशको खातामा छ । दुरुपयोग भएको छैन् । सरकारको नितीका कारण को काम हुन नसकेको स्पष्ट पार्न चाहन्छु ?

–विद्युतीय पुस्तकालय अभियान कसरी अघि बढेको छ ?
प्रबिधिको प्रयोग मार्फत सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सघाउने उद्देश्यले मोनाले एनआरएन र नेपाल लाईब्रेरी फाउण्डेशनसंगको सहकार्यमा विद्युतीय पुस्तकालय अभियान सञ्चालन गरीएको हो । यसको संयोजन र नेतृत्व मोनाका अध्यक्ष चक्र थापाले गरिरहनुभएको छ । हालसम्म म्याग्दीका करिब ६० वटा विद्यालयमा विद्युतीय पुस्तकालय जडान भएको छ । प्रवासमा रहनुभएका साथीहरुले आफूले अध्ययन गरेका विद्यालयमा विद्युतीय पुस्तकालय जडान गर्न आर्थिक सहयोग गर्नुभएको छ । सम्बन्धित विद्यालयलय कम्प्युटर, ल्यापटपको ब्यवस्था गरेका छन् । मोना र एनआरएनएको संयोजनमा लाईब्रेरी फाउण्डेशनले सफ्टवयर उपलब्ध गराएको छ । विद्युतीय पुस्तकालय अभियान एनआरएनको पहलमा देशका अन्य जिल्लामा पनी सञ्चालन भएको छ ।

–मोनाको आगामी योजना के छ ? यहाँको सरकार र समुदायसंग प्रवासीको अपेक्षा के हो ?
म्याग्देली भएका विश्वका सबै देशमा मोना विस्तार गरी एकतावद्ध गर्ने । सामाजिक काम संगै प्रवासबाट त्यहाँ आर्जेको ज्ञान, सिप, प्रबिधि र पुजी भित्र्याएर विकासमा सघाउने योजना छ । जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी भित्र्याएर यही रोजगारी सिर्जना गर्ने र कामको खोजीमा बिदेशिनुपर्ने समस्या न्युनीकरणमा सहयोग गर्ने हाम्रो उद्देश्य हो । यहाँको सरकारसंग हामीले लगानीमैत्री निती, नियम, झञ्जटीलो प्रक्रियाको अन्त्य र सुरक्षाको वातावरण बनोस भन्ने अपेक्षा राखेका छौ । समुदायबाट पनी सहयोगी ब्यवहारको अपेक्षा छ ।

–समय र सम्बादका लागि धन्यवाद ?
यहाँलाई पनी धन्यवाद । यहाँको सञ्चार माध्यम मार्फत मोनाको गतिबिधी र योजनाको बारेमा म मार्फत आम नागरीकहरुमा जानकारी पु¥याउने अवसर दिनुभएकोमा ।