म्याग्दी सहकारीको बार्षिक कार्ययोजना पारित

  • ४ भाद्र २०७५, सोमबार
  • 4258 पटक पढिएको

म्याग्दी, ४ भदौ । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ । रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७ बुदें बार्षिक कार्ययोजना पारित गरेको हो । सहकारीका सचिब एवम्र प्रबन्धक सञ्चालक दीप बहादुर छन्त्यालले चालु आर्थिक बर्ष २०७५/०७६ मा शेयर सदस्यहरुको क्षमता अभिबृद्धिका कार्यक्रमका अतिरिक्त सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्ने जानकारी दिए ।

उनका अनुसार, संस्था ११ आँै बर्ष पूरा गरेको अवसरमा रक्तदान, वातावरण सरसफाई र म्याग्दीका गायन क्षेत्रका पुराना तथा अग्रज गायक÷गायिकाहरुको सहभागितामा म्याग्देली साँस्कृतिक साँझ जस्ता कार्यक्रम सञ्चालन हुनेछन् । त्यस्तै, कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न सघाउ पु¥याउने उद्देश्यले बेनीमा किसानहरुलाई महको उत्पादन र बजारीकरणबारे प्रशिक्षण तथा कार्यशाला गोष्ठी, संस्थागत विकासतर्फ ४१ करोड बचत र कर्जा प्रवाहलाई ३९ करोड पु¥याउने गरि काम नीति, योजना र कार्यक्रम पारित भएको सचिब छन्त्यालले जानकारी दिए । ‘हामीले किटान गरेका कार्यक्रमहरु सञ्चालक समितिको वैठकले पारित गरिसकेका कारण कार्यान्वयनको चरणमा जानेछन् ।

अधिकाँश कार्यक्रमहरु जिल्लालाई लक्षित गरि तय गरेका हौँ’, उनले भने । म्याग्दी सहकारीले शेयर सदस्यहरुको सँख्या पनि थप गर्दै जाने योजना बनाएको छ । ११ बर्षको अवधीमा सहकारीले जिल्लाको शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । आगामी दिनमा संस्थाले मूनाफा आर्जनका अतिरिक्त सामाजिक उत्तरदायित्वका क्षेत्रमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पुनले जानकारी दिइन् ।