लुलाङका नगीन विकको आँखामा आएको समस्याको उपचारमा जटिलता

  • २५ श्रावण २०७५, शुक्रबार
  • 3288 पटक पढिएको

म्याग्दी, २५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका ८ बर्षिय नगिन विकको आँखाको बाहिरी भागमा मासु पलाएपछि उपचारमा समस्या भएको छ । स्थानीय लमसुङ माविको कक्षा ३ मा अध्ययनरत विकको गत बैशाखदेखि दाइनेतर्फको आखाँको बाहिरी भागमा मासु पलाएको थियो । सुरुमा सामान्य सुनिएपनि क्रमीक रुपमा त्यो मासु पलाउँदै गएर आँखा नै ढाकिएपछि अहिले उनका घरपरिवारले विभिन्न अस्पतालहरुमा उपचारको लागि भौतारिएका छन् ।

कान्छो छोरा नगिनको आँखामा समस्या आएपछि पोखरा र काठमाण्डौका अस्पतालमा समेत पु¥याईएपनि अहिलेसम्म उपचार हुन नसकेको उनकी आमा उदीमायाँले बताइन् ।सल्यक्रिया सहित उपचार गर्नुपर्ने र खर्च समेत धेरै लाग्ने डाक्टरहरुले सल्लाह दिएको कारण आफुहरु आर्थिक स्रोत जुटाउन समस्या भएको उनको भनाई छ ।

अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि पु¥याइएको विकका काका जीत बहादुर विकले बताउनुभयो । यसैबिच विकको घरपरिवारको आर्थिक अबस्था कमजोर रहेको कारण उपचारमा सहयोग गर्न धौलागिरि गाउँपालिकाले सबैलाई आह्वान समेत गरेको छ ।
उपचारमा सहयोगका लागि उदीमायाँ विक ९८०६१२६९३६