भुरुङ तातोपानीमा बाढीको बितण्डा: घर पुरिए, खेतीयोग्य जमिन बगर बन्यो ( भिडियो सहित)

  • ३० बैशाख २०७५, आईतवार
  • कमल खत्री
  • 4734 पटक पढिएको

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको भिषण बषापछिको बाढीले करिब एक दर्जन घरहरुमा क्षती पुगेको छ । दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय नगेन्द्र गिरी र बालकृष्ण मिजार र देउरकुमारी शेरचन लगायतको घर पूर्ण रुपमा पुरिएको वडा अध्यक्ष ओम फगामीले बताउनुभयो ।

उहाँका अनुसार बाढीले करिब १ दर्जन घरहरुमा पत्येक्ष क्षती पु¥याएको छ । घटना स्थलमा रहनुभएका वडा सदस्य बिर बहादुर पौडेलका अुनसार, ठाडो खोलाबाट आएको बाढी र किम्लाखर्कबाट झरेको पहिरोसंगको बाढी बस्तीतर्फ पसेपछि घरहरुमा पनि क्षती पु¥याएको हो । दिउँसोमा बाढी आएकाले भागदौड गरि स्थानीयले ज्यान जोगाएका छन् ।


स्थानीय देवेन्द्र भट्टचन रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमा समेत बाढी पसेर क्षती पु¥याएको छ । पौडेलको स्टेशनरी र किराना पसलमा समेत बाढीले क्षती पु¥याएको छ । त्यस्तै टे«कर्स इन लगायतका केही होटल र घरहरुमा समेत बाढी पसेको उहाँले जानकारी दिनुभयो । बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घरहरु प्रभावित भएका छन् ।

प्रहरी र स्थानीयबासीले बाढी पहिरोबाट प्रभावित भएका घरहरुको सामान सुरक्षित ठाउँमा लैजाने काम गरेका छन् । त्यसैगरि बाढी प्रभावित क्षेत्रको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुन नेतृत्वको टोलीले समेत स्थलगत निरिक्षण गर्नुभएको छ । प्रहरीले बाढीबाट प्रभावित भएकाहरुको विवरण संकलन भैरहेको जनाएको छ । उक्त क्षेत्रमा बाढीले खेतीयोग्य जमिन समेत बगर बनाईदिएको स्थानीयबासीले बताएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l