रातिको खानापछि के गर्ने के नगर्ने ?

  • १६ चैत्र २०७४, शुक्रबार
  • 2685 पटक पढिएको

म्याग्दी,१६ चैत ।  मानिस बेलुकीको खानापछि शारीरिक श्रम गर्दैनन् । जसका कारण बेलुकीको खानामा विशेष ध्यान दिन जरुरी हुन्छ । सकेसम्म बेलुकीको खाना कम प्रोटिनयुक्त हुन अवश्यक छ । डिनरमा शरीरले पचाउन सक्ने खाना मात्र खानुपर्छ । नत्र विभिन्न रोग देखा पर्न सक्छ ।

– बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने गल्ती कहिल्यै गर्नु हुँदैन ।

– कतिपयले खानापछि चिया-कफी लिने गर्छन्, जसलाई स्वस्थकर मानिँदैन । तर, सुत्नुअघि पिउने एक कप ‘ग्रिन टी’ले भने शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

– साँझको खानापछि तत्काल सुत्नु पनि स्वास्थ्यका लागि फाइदाजनक होइन । यसो गर्दा शरीरको तौल बढ्नुका साथै शरीरमा मेटाबोलिजमको मात्रा कमी हुन जान्छ ।

– बेलुकीको समय धेरै खानुलाई पनि राम्रो मानिदैन । बढी खाँदा ओभरइटिङको समस्या हुन जान्छ । जसका कारण शरीरमा क्यालोरी बन्न समस्या उत्पन्न हुन्छ ।

– खाना खाइसकेपछि इभिनिङ वाक गर्दा शरीरलाई निकै फाइदा पुग्छ । यसो गर्दा पेटको एकै ठाउँमा खाना जम्मा हुन पाउँदैन र पेटको सम्भावित रोगबाट पनि बच्न सघाउ पुग्छ ।

news24nepal