वेष्ट पोईन्ट चौथो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी

  • २० फाल्गुन २०७४, आईतवार
  • 2731 पटक पढिएको

बाबियाचौर, १९ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो । उसले यसअघिका तिन वटा प्रतियोगिता जितेर रनीङ शिल्ड आफ्नो बनाएको थियो ।

मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १९० अंक प्राप्त गरी वेष्ट पोईन्ट बिजेता र बेनीको माउन्ट एभरेष्ट आवसीय मावी १४० अंक प्राप्त गरी दितृय भएका हुन् ।

यसैगरी ८७ अंक प्राप्त गरी बेनीकै प्रकाश मावी तितृय भएको छ । ३७ वटा विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धा भएको समितिका सदस्य चन्द्रा घलेले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, दितृय, तितृय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार रुपैया नगर पुरस्कार प्राप्त गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा बाबियाचौरमा समापन गरिएको प्रतियोगितामा बिजयी खेलाडीहरुलाई प्रदेशसभा सदस्य नरदेवी पुन, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको छात्र भलिबलको फाईनलमा किसानी मावि बिम प्रथम र निस्कोट मावि दितृय, छात्रा भलिबलमा माउन्ट एभरेष्ट आवासीय मावी प्रथम र न्यु वेष्ट पोईन्ट दितृय भएका छन् ।

छात्र कवड्डी प्रतियोगितामा सर्वोदय मावी भुरुङ तातोपानी प्रथम र प्रभा मावी दितृय भएका छन् । छात्रा कवड्डी प्रतियोगितामा महेन्द्ररत्न मावी प्रथम र प्रभा मावी नारच्याङ दितृय भएका छन् । सदरमुकाम बाहिर पहिलो पटक स्थानीय तहसंग समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको हो ।