प्रधानमन्त्री देउवाको रवैया विरुद्ध अनेरास्ववियू म्याग्दीको विरोध प्रदर्शन

  • १९ पुष २०७४, बुधबार
  • 1891 पटक पढिएको

म्याग्दी, १९ पुष । अनेरास्ववियु म्याग्दीले प्रधानमन्त्री शेरबहादुर देउवाको रवैया विरुद्ध बेनीबजारमा विरोध प्रदर्शन गरेको छ । देशब्यापीरुपमा वामगठबन्धनले सरकारको विरोध भईरहदा अनेरास्ववियू म्याग्दीले विरोध गरेको हो ।


प्रधानमन्त्री देउवाको राजीनामा र निर्वाचन आयोगले जनताको समानुपातिकको मत परिणाम सार्वजनिक गर्न माग गर्दै म्याग्दीले विराध े¥याली गरेको अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश पौडेलले जानकारी दिए । देशमा पेट्रोलियम पदार्थको मुल्य मूल्यबृद्धि, भष्ट्रचार, कालोबजारी, सरकारको लाचारिपन र शान्त वातावरणमा भएको विरोध ¥यालीमा प्रहरीको दमन विरुद्ध विरोध प्रदर्शन गरिएको पौडेलले बताए ।


विरोध ¥यालीमा अनेरास्ववियू जिल्ला कार्यसमितिको अध्यक्ष लगायतका विधार्थी नेता तथा कार्यकताल विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीले तत्काल राजीनामा र समानुपातिक मतपरिणाम सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने कमिटिले जानकारी दिएको छ ।