बाम गठबन्धनका उमेद्वार केसीको कार्यकर्ता भेटघाट तिब्र(फोटो फिचर)

“म्याद नाघेको औषधीले काम गर्दैन्”

  • २० कार्तिक २०७४, सोमबार
  • प्रताप बानिया
  • 3781 पटक पढिएको

पुलाचौर २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले कार्यकर्ता भेटघाटलाई अन्तिम चरणमा पु¥याउनु भएको छ ।

मनोनयन दर्ता गरेलगत्तै कात्तिक ६ गते अन्नपूर्ण गाउँपालीका ५ शिखबाट एमाले र माओवादीका संयुक्त कार्यकर्ता भेटघाट अभियान थाल्नुभएका केसीको टोलीले सोमबार एकै दिन बेनपा ५ पुलाचौरका चार ठाउँमा कार्यकर्ता तथा मतदाता घेटघाट गरेको छ ।

उमेद्वार केसी सहितको एमाले माओवादी केन्द्रका जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताको टोलीले डडुवा, गाजने, पुलाचौर र भिरमुनीमा कार्यकर्ता तथा मतदाता भेटघाट गरेको छ ।

धान काट्दै, पराल दाई हाल्दै, कोदो चुट्दै, गहँु, जौ छर्न खेत जोत्दै गरेका सर्वसाधारणसंग मत माग्न पुगेका ३३ वर्षिय केसी मतदाताको प्रतिक्रिया र नेता कार्यकर्तामा बढेको सक्रियताले उत्साहीत भएको बताउनुभयो ।

कार्यकर्ता भेटघाटका क्रममा केसीले म्याग्दीको जलस्रोत, पर्यटन, धार्मीक स्थल, जडिवुटी, वन पैदावार र कृषि क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गरि रोजगारी सिर्जना गराई युवायुवतीलाई कामको खोजीमा बिदेशिनुपर्ने बाध्यता हटाउने वातावरण बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

प्रदेश नम्बर ४ को लाईफलाईन कालीगण्डकी कोरीडोरको केन्द्रमा पर्ने म्याग्दीको प्राकृतिक स्रोतसाधनलाई परिचालन गरि विकास र सम्बृद्धी हाँसील गर्न सकिने केसीको भनाई थियो । आफू समग्र म्याग्देली युवाहरुको निती निर्माण तहमा प्रतिनिधित्व गर्न उमेद्वार बनेको बताउँदै राजतन्त्र फर्काउने मुद्दा बोकेकाहरु म्याद गुज्रीएको औषधी जस्तै भएको टिप्पणी गर्नुभयो ।

नेकपा एमालेका सचिवालय सदस्य प्रमोद श्रेष्ठ, माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, सुवास बिकले राजनितिक अस्थिरताको प्रमुख कारण संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी र ग्रामिण क्षेत्रका जनतालाई विकासको अनुभुती गराउने उद्देश्य सहित बाम गठबन्धन बनेको बताउनुभयो ।

उहाँहरुले चुनावी तालमेलसंगै एमाले माओवादी पार्टी एकता पनी हुन लागेकाले अब देशमा कम्युनिष्टहरुले राज्य सञ्चालन गरी जनताको सेवा, विकास र सम्बृद्धीको यात्रालाई अघि बढाउने बताउनका लागि एमाले माओवादीका उमेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा बेनपा ५ का वडा अध्यक्ष लक्ष्मण बानिया, वडा सदस्य तथा एमालेका सचिवालय सदस्य रामप्रसाद सुवेदी, जिल्ला सदस्य गोविन्द बानिया, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, ८ का अध्यक्ष रामकृष्ण बराईली, पुर्व गाविस अध्यक्ष भोजबहादुर कार्की, वडा सदस्य यामकुमारी पुन, माओवादीका सागर पौडेल, एमाले नेता हेमराज पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रताप बानिया