विशेष
म्याग्दीका डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
- 1 बर्ष, 2 महिना अगाडि
- ८ आश्विन २०८१, मंगलवार
यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ। १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्या एको भन्दै उक्त पुरस्कार प्रदान गरेकी हुन्। राष्ट्रिय विज्ञान, प्रविधि तथा... पुरा पढ्नुहोस
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- 1 बर्ष, 2 महिना अगाडि
- ८ आश्विन २०८१, मंगलवार
यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाद्धारा विपन्न नागरिकको निःशुल्क बीमा
- 1 बर्ष, 2 महिना अगाडि
- ८ आश्विन २०८१, मंगलवार
म्याग्दी ८ असोज । म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ मा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको साथै विपन्न नागरिकको... पुरा पढ्नुहोस
ज्ञानोदय माध्यमिक विद्यालयको ६० औँ बार्षिक उत्सव मनाइयो
- 1 बर्ष, 3 महिना अगाडि
- ४ आश्विन २०८१, शुक्रबार
म्याग्दी, ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ६० औँ बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइएको छ । बार्षिक उत्सवको अवसरमा विद्यालयले सम्मान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । विद्यालयले कार्यसम्पादन मुल्यांकनका आधारमा उत्कृष्ट शिक्षकहरु, तहगत रुपमा उत्कृष्ट विद्यार्थीहरु, चन्दादाता र सहयोगदाताहरुलाई सम्मान गरेको छ... पुरा पढ्नुहोस
मनमोहक धौलागिरी आइसफल पर्यटकको रोजाईमा
- 1 बर्ष, 3 महिना अगाडि
- २ आश्विन २०८१, बुधबार
म्याग्दी २ असोज । मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी– जोमसोम सडकखण्ड अन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरी हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरी आइसफलमा मानापाथी हिमालको समेत आइसफल संगै जोडिएको छ । सडकमार्गबाट छोटो अवधिकै पैदलयात्रामा... पुरा पढ्नुहोस
मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
- 1 बर्ष, 3 महिना अगाडि
- ३० भाद्र २०८१, आईतवार
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताए । “रु... पुरा पढ्नुहोस
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक
- 1 बर्ष, 3 महिना अगाडि
- २९ भाद्र २०८१, शनिबार
म्याग्दी, भदौ २९ गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनर्निर्माण गरिएको हो । शनिबार म्याग्दी जेसिज... पुरा पढ्नुहोस
मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा
- 1 बर्ष, 3 महिना अगाडि
- २६ भाद्र २०८१, बुधबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीहरूलाई थुनाका लागि कारागार चलान गर्न आदेश गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान... पुरा पढ्नुहोस
बेनी जाेमसाेम सडक: पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एंकरिङ’
- 1 बर्ष, 3 महिना अगाडि
- २५ भाद्र २०८१, मंगलवार
चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो।... पुरा पढ्नुहोस
मिस मगर नेपालको ताज दग्नामकी क्रिस्टिनालाई
- 1 बर्ष, 3 महिना अगाडि
- २४ भाद्र २०८१, सोमबार
म्याग्दी । मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जित्नुभएको छ । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुम्नुभएको हो । पोखराको होटल ग्राण्डमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र... पुरा पढ्नुहोस