रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- २० फाल्गुन २०८१, मंगलवार
- 115 पटक पढिएको
बेनी २० फागुन : म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक आयोजना कार्यान्वयनका लागि मङगलवार बहुबर्षीय ठेक्का आव्हान गरेको कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।
रु. तीन करोड बजेट स्रोत सुनिश्चित भएको यस आयोजना मार्फत सडक फराकिलो पार्ने, नाली, टेवा पर्खाल निर्माण, ढलान र कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको एक वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा एक वटा बहुबर्षीय सडक आयोजना सञ्चालन गर्ने निर्णय गरेको छ ।
म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीको सिफारिस अनुसार चालु आर्थिक वर्षमा रु. ३० लाख बजेट बिनियोजन भएको उक्त योजनालाई भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला मन्त्रालयले चालु आर्थिक वर्षमा रु. ३० लाख बजेट थप गरेर रु. तीन करोड बराबरको बहुबर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएको हो ।
म्याग्दीको मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दालाई बाग्लुङको ताराखोला र मध्यपहाडी लोकमार्गले छोएको गलकोट हुदै लुम्बीनी प्रदेशको बुटवल बजार जान आउन नजिक पर्ने भएकाले यसअघि स्थानीय तह र समुदायले मार्ग खोलेको यो सडक स्तरोन्नतिका लागि सिफारिस गरेको गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री समेत रहेका जुग्जालीले बताउनुभयो । रुम म्याग्दीको धेरै जनसंख्या भएको वडा हो ।
आर्थिक वर्ष २०७६/०७७ मा मार्ग खुलेको रुम देखि खवाङ हुदै ताराखोला जोड्ने करिब १३ किलोमिटर सडकमा खसेको पहिरो, ग्रेड र घुम्ति नमिलेका कारण यातायातका साधन सञ्चालन हुन् सकेका थिएनन् । मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले पाँच वर्षअघि मार्ग खुलेको उक्त सडक हालै मर्मत गरेर सवारी साधन सञ्चालन हुन थालेका र प्रदेश सरकार मार्फत स्तरोन्नतिको योजना भित्रिएकोमा खुसी व्यक्त गर्दै प्रभावकारी कार्यान्वनको वातावरण बनाउने बताउनुभयो ।
गलकोट देखि ताराखोलाको घुस्मेली सम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेली देखि करिमेला खण्डको चार किलोमिटर स्तरोन्नतिको शुरु भएको र रुम देखि ताराखोला तर्फ स्तरोन्नतिका लागि यस वर्ष बहुबर्षीय ठेक्का लगाउने तयारी भएको बताउनुभयो । ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण शुरु भएको छ ।
यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–ताक्से–बिलबाङ हुदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । दश वर्षअघि स्थानीयबासीले चन्दा संकलन र तत्कालिन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रुपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि दुई वर्षदेखि यातायात बन्द गरेर स्तरोन्नतिको काम थालिएको थियो ।
वडा अध्यक्ष बुढाथोकीका अनुसार संघीय सरकार र मालिका गाउँपालिकाको ५०/५० प्रतिशत साझेदारीमा आर्थिक वर्ष २०७९/८० मा रु. दुई करोड ४० लाख, २०८०/०८१ मा एक करोड ६० लाख र चालु आर्थिक वर्ष २०८१/०८२ मा बिनियोजन भएको रु. चार करोड बजेटबाट ठेक्का मार्फत टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउन योजना सञ्चालन भएको छ ।
अदिभारा–स्याउलीबाङ–औला–बेली–जे