विशेष
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान
- 1 बर्ष, 2 महिना अगाडि
- १५ आश्विन २०८१, मंगलवार
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गलेश्वरधाम आमा समूह, ज्येष्ठ नागरिक आश्रम, वडा कार्यालय, सामाजिक विकास कार्यालय लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई फलफुल र लठ्ठी वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो... पुरा पढ्नुहोस
ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली कारागार चलान
- 1 बर्ष, 2 महिना अगाडि
- १५ आश्विन २०८१, मंगलवार
नारायण रिजाल बागलुङ असोज १५ । १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा १६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट... पुरा पढ्नुहोस
म्याग्दीकाे झिँमा जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत
- 1 बर्ष, 2 महिना अगाडि
- १४ आश्विन २०८१, सोमबार
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले परियोजना लागू भएको हो । आ व... पुरा पढ्नुहोस
‘तारा खसेसी’को म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित)
- 1 बर्ष, 2 महिना अगाडि
- १३ आश्विन २०८१, आईतवार
म्याग्देली लोक गायक नारायण पौडेलकाे‘तारा खसेसी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक पौडेल र अस्मि कटुवाल, गरिमा परियारको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=AEf3e9jxaQk नकुल ढकालको शब्द धुव्र जिसको संगीत रहेको गीतमा मायाँ प्रेममा हुन सक्ने शंका, घात र दोहोरो चरित्रको बिषयलाई... पुरा पढ्नुहोस
दृष्टिविहिन विद्यार्थीलाई रु एक लाखको अक्षयकोष स्थापना
- 1 बर्ष, 2 महिना अगाडि
- १२ आश्विन २०८१, शनिबार
म्याग्दी ९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाको दिगोपनाको लागि अक्षयकोष बनाउन सुरु गरिएको छ । विद्यालयले दृष्टिविहिन विद्यार्थीहरुलाई आवासीय सुविधा सहित पठनपाठनको व्यवस्थापन गर्न कठिनाई भएपछि सहयोगदाताहरुबाट आर्थिक संकलन गरेर अक्षयकोष बनाउन लागेको हो । विद्यालयले सुरु गरेको दृष्टिविहिन... पुरा पढ्नुहोस
नयाँ स्वरुपमा ल्याइएको ‘बेनीको बजार‘’ गीतले चर्चा बटुल्दै (भिडिओ)
- 1 बर्ष, 2 महिना अगाडि
- ११ आश्विन २०८१, शुक्रबार
म्याग्दी सदरमुकाम बेनीलाई चिनाउने ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतले पुनः चर्च बटुलेको छ । नयाँ स्वरूपमा गीत र म्युजिक भिडियो पुननिर्माण गरेर युट्युबबाट सार्वजनिक गरिएको म्युजिक भिडियाे छोटो समयमै धेरैले हेर्ने भिडियो मध्येमा पर्न थालेको छ । सार्वजनिक भएको १० दिनमा बेनीको बजार गीत युट्युब टेन्डिङको २०... पुरा पढ्नुहोस
पर्यटन दिवसमा म्याग्दीमा पत्रकार र पर्यटन व्यवसायि सम्मानित (भिडियाे सहित)
- 1 बर्ष, 2 महिना अगाडि
- ११ आश्विन २०८१, शुक्रबार
म्याग्दी, ११ असोज । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकार र पर्यटन व्यवसायिलाई सम्मान गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पत्रकार घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायि तेजबहादुर गुरुङलाई सम्मान गरिएको... पुरा पढ्नुहोस
कालीगण्डकी करिडोर : जोमसोम–कागबेनीखण्डमा कालोपत्र
- 1 बर्ष, 2 महिना अगाडि
- ११ आश्विन २०८१, शुक्रबार
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनीखण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी... पुरा पढ्नुहोस
२२ औं संस्करणको जेसिज कप फुटबल मंसिर १७ देखि २२ गतेसम्म हुने
- 1 बर्ष, 2 महिना अगाडि
- १० आश्विन २०८१, बिहीबार
म्याग्दी, १० असोज । म्याग्दीमा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी मंसिर १७ देखि २२ गतेसम्म हुने भएको छ । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन हुने छ । म्याग्दी... पुरा पढ्नुहोस
बेनी अस्पतालमा सेवा विस्तारले सेवाग्राही बिरामीको संख्या बढ्यो
- 1 बर्ष, 2 महिना अगाडि
- ८ आश्विन २०८१, मंगलवार
म्याग्दी, असोज ८ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः००... पुरा पढ्नुहोस