म्याग्दीको मुदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
- २४ फाल्गुन २०८१, शनिबार
- 601 पटक पढिएको
म्याग्दी २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदी केन्द्रिबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धवलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देविस्थान लगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।
विहान पख मानिसहरु सुतिरहेकै अबस्थामा भुकम्प गएपछि ठूलो धक्का महसुस भएपछि धेरै मानिसहरु घर बाहिर निस्किएको धवलागिरि गाउँपालिका–४ मुदीका वडा अध्यक्ष यामबहादुर घर्तिले बताउनुभयो । उहाँका अनुसार, भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति भएको छैन भने केहि घरहरु चर्किएको खवर आएकाले अवलोकन गर्न लागिएको छ ।
यस अघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो ।