विशेष
प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनीक
- 7 बर्ष, 8 महिना अगाडि
- २३ बैशाख २०७५, आईतवार
बेनी २३ बैशाख । बेनी नगरपालीका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनीक गरिएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई कल्वका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् । प्रतियोगिताका... पुरा पढ्नुहोस
मगर राष्ट्रिय मुक्ति मोर्चा म्याग्दीको नयाँ नेतृत्व चयन
- 7 बर्ष, 8 महिना अगाडि
- २३ बैशाख २०७५, आईतवार
म्याग्दी, २३ वैशाख । नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । आइतवार बेनीमा सम्पन्न मोर्चाको जिल्ला भेलाले खिम बहादुर पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । सो भेलाबाट मोर्चाको जिल्ला उपाध्यक्षमा ओमबहादुर रोका, सचिबमा यामबहादुर रोका, कोषाध्यक्षमा पूर्ण... पुरा पढ्नुहोस
खाराका आगोलागी पिडितलाई घर हस्तान्तरण
- 7 बर्ष, 8 महिना अगाडि
- २२ बैशाख २०७५, शनिबार
म्याग्दी २२ बैशाख । मालिका गाउँपालिका ७ बिमको खाराका आगोलागि पिडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगोलागीबाट घर जलेर ध्वस्त भएपछी बिचल्लीमा परेका चन्द्रबहादुर दमाईलाई बिमको हिराजित स्मृती युवा कल्वको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयबासी, प्रवासीबाट... पुरा पढ्नुहोस
कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुने
- 7 बर्ष, 8 महिना अगाडि
- २२ बैशाख २०७५, शनिबार
बेनी २२ बैशाख । बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । म्याग्दी भ्रमण वर्षको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्र सञ्चालन गर्न लागेको हो । बेनी नगरपालिकासंग सूचना केन्द्र सञ्चालन गर्ने सम्झौता गरेर भवन मर्मत र रंगरोगनको काम सुरु गरिएको संघका दितृय उपाध्यक्ष तथा सूचना... पुरा पढ्नुहोस
करबाकेली थानको पर्यटन प्रर्वद्धनका लागि ‘बेनी–करबाकेली इको ट्रेक ’ सुरु
- 7 बर्ष, 8 महिना अगाडि
- २२ बैशाख २०७५, शनिबार
म्याग्दी, २२ बैशाख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ७ राम्चेमा पर्ने करबाकेली थानलाई आन्तरिक तथा बाह्रय पर्यटक प्रर्वद्धनका लागि समुदायको सक्रियता बढेको छ । करबाकेली थानलाई संरक्षण तथा पर्यटन प्रर्वद्धनका लागि करबाकेली संरक्षण समीतिको सक्रियतामा करबाकेली इको ट्रेक एक्सप्लोर गरिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ‘बेनी– करबाकेली इको ट्रेक’... पुरा पढ्नुहोस
पर्यटन मन्त्री रविन्द्र अधिकारीको उपस्थितमा म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ
- 7 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
म्याग्दी,२१ बैशाख । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को पर्यटन मन्त्री अधिकारीको उपस्थितमा बैशाख ३० गते औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ ।नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस
म्याग्दीका चार जना यातायात व्यवसायी पक्राउ, सवारी साधन नचल्दा जनजीवन प्रभावीत
- 7 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २१ वैशाख । सरकारले यातयात व्यवसायीहरुको लागी ल्याएको नयाँ निर्देशिकाको विरुद्धमा सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका म्याग्दीका यातायात व्यवसायि समितिका नेताहरु पक्राउ पर्न थालेका छन् । आफ्नो व्यवसायिक संस्था मातहतका सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका समितिका नेताहरुलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन बमोजिम म्याग्दीमा चार जनालाई... पुरा पढ्नुहोस
समितिका गाडी ग्यारेजमा थन्किएपनि कम्पनी र निजी गाडीले सेवा दिए
- 7 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
बेनी, २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । म्याग्दी जिप तथा बस ब्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् ।... पुरा पढ्नुहोस
शिख माविमा समुदाय, सरकार र दाताहरूकाे लगानीमा पूर्वाधार निर्माण धमाधम
- 7 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २१ वैशाख । म्याग्दीकाे उत्तरी अन्नपूर्ण गाउँपालिका –५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने... पुरा पढ्नुहोस
घराम्दीमा ऐतिहासिक सुनधाराको संरक्षण
- 7 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् । आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रूपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय... पुरा पढ्नुहोस