“लिफ्ट” प्रबिधिको खानेपानी आयोजनाको भवन शिलन्यास ( फाेटाेफिचर )

  • १३ असार २०७५, बुधबार
  • धिरन खत्री
  • 2578 पटक पढिएको


पर्वत,१३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गरेका हुन् ।

संस्थाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा भएको भवन शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य गिरिले शुद्ध खानेपानी आयोजनाको निर्माण कार्यमा उपभोक्ताको अग्रसरताको प्रशसा गर्दै समयमै काम सम्पन्न गरि आयोजनालाई जिल्लाको नमुना बनाउन आग्रह गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, वडा अध्यक्ष, आमासमुह, सरकारी कार्यालयका प्रमुख, बगर, बेनी र लामाखेतका उपभोक्ताहरुको उपस्थित रहेको थियो ।

खानेपानी तथा ढल निकास बिभागको सहरीकरण उन्मुख बस्तीहरुका लागि सञ्चालित सहलगानी कार्यक्रम निर्माणधिन आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ । २ बर्षभित्र सम्पन्न गर्ने लक्ष सहित तिव्र गतिमा निर्माण भएको खानेपानी आयोजनाको शुद्ध पानी वितरण लागि प्लेन सेडीमेन्टेसन ट्याक, सोलोस्याण्ड फिल्डर, आरभि टेक, क्लोस्टर, सम्पवेल र मूख्य पाईपलाईनको रुपमा संरचना निर्माणधिन रहेका छन् ।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको तिस प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण हुने आयोजनाबाट गाउँपालीकाको २, ३ र ४ नम्बर वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका ९ सय ५४ घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए ।प्रत्येक घरमा मिटर जडान गरि खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना वि.स २०७६ असार सम्ममा सम्पन्न गर्ने लक्ष्यसहित कामले तिव्रता पाएको छ । प्रति सेकेण्ड १२ लिटर पानी तान्ने क्षमत्ताको पम्प जडान गरिने जनाइएको छ ।

कालीगण्डकीको किनारबाट लिफ्ट प्रविधिको आयोजना निर्माणका लागि १२ करोड ४३ लाख ७८ हजार ४८७ रुपैया लागत अनुमानमा राज्यबाट ८ करोड ७० लाख ७२ हजार छ, भने उपभोक्ताबाट ३ करोड १३ लाख १२ हजार रहेको उपभोक्ता संस्थाका कोषाध्यक्ष डिलबहादुर बरुवालले बताए ।
संस्थाका कोषाध्यक्ष बरुवालको स्वागत मन्तव्य र सचिव ठाकुर रेग्मीका संचालनमा शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l