अन्नपूर्णमा टेलिटिचिङका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त

  • ११ असार २०७५, सोमबार
  • धिरन खत्री
  • 2115 पटक पढिएको

पोखरेवगर ( म्याग्दी) ११ असार । अन्नपुर्ण गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा टेलिटिचिङ संचालनका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युकेमा रहेको अन्नपुर्ण गाउँपालिका ६ खिवाङका युवराज गर्वुजाको संयोजनमा ५ लाख, गाउँपालिका ३ दाना निवासी (हाल अमेरीका) रहेका श्याम तुलाचनले ५० हजार आर्थिक सहयोग गरेका हुन् ।
सो प्राप्त सहयोग गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले सोमबार आयोजित टेलिटिचिङको स्माट टिभि वितरण कार्यक्रममा नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिका कार्यसमितिका अध्यक्ष रमन पुनलाई हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाभित्र रहेको १० माध्यमिक विद्यालयहरुमा गुणस्तर शिक्षाबाट दक्ष जनशक्ति उत्पादनका लागि टेलिटिचिङका संचालनका लागि गाँउपालिका अध्यक्ष क्याप्टेन गर्वुजाको युकेमा रहेका भाई क्याप्टेन गर्वुजाको सक्रियतामा सो रकम संकलन गरिएको थियो । त्यस्तै युकेमा रहेका खिवाङका जंगबहादुर बुद्धुजा, खुम गर्वुजा, गौबहादुर गर्वुजा, टिकाबहादुर गर्वुजा, दिपक गर्वुजा, रामबहादुर गर्वुजा, खेम गर्वुजाले पनि सहयोग गरेका थिए ।
गाउँपालिकाको आर्थिक सहयोग, महावीर पुनको प्राविधिक सहयोग र नेपाल शिक्षक महासंघ अन्नपुर्ण कार्यसमितिको समन्वयमा संचालन गरिएको टेलिटिचिङका लागि शिक्षक महासंघ कार्यसमितिकाको समन्वयमा १० वटा माविमा तयारी सुरु गरिएको छ छ। विद्यालयमा उच्च गतिको इन्टरनेट जडान गरि स्मार्ट टिभि मार्फत टेलिटिचिङ शिक्षालाई प्रभावकारी बनाउन सहयोग प्राप्त भएको हो ।

अध्यक्ष पुनले गाउँपालिकाले संचालन गरेको टेलिटिचिङमा सहयोग गर्ने विदेशमा रहेका भाई तथा साथीहरुलाई धन्यवाद दिदै यो सहयोग आधुनिक प्रविधिमैत्री शिक्षा प्राप्तीका लागि प्रयोग हुने बताउदैे समृद्ध गाउँपालिका बनाउन शिक्षामा जनप्रतिनिधि तथा शिक्षकको पुर्ण सक्रियता हुने आग्रह गरेका थिए ।
सो सहयोग प्रमुख प्रशासकिय अधिकृत अच्यूत दाहाल, वडा अध्यक्ष, विद्यालयको प्रअहरुको उपस्थितमा हस्तान्तरण गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l