विशेष

मालिका गाउँपालिका स्तरीय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई (फाेटाे फिचर)

साधन राम्जाली मगर म्याग्दी, ५ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो ।  यसैगरि प्रतियोगितामा ६ स्वर्ण... पुरा पढ्नुहोस

सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई टेलिभिजन सहयोग

म्याग्दी, ५ फागुन । म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । आईतवार आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष जिवन बहादुर विश्वकर्माले संयुक्त रुपमा प्रहरी नायब... पुरा पढ्नुहोस

जलजलामा हात्तिपाइले रोग निवारण योजना

सन्तोष गौतम लामाखेत ५ फागुन । जलजला गाउँपालिकाले हात्तिपाइले रोग निवारणका लागि आम औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन योजना तयार पारेको छ । हात्तिपाइले रोग न्युनीकरणका लागि फागुन १५ र १६ गते पर्वत लगायत देशका १५ जिल्लामा सञ्चालन हुन लागेको औषधी सेवन कार्यक्रमलाई सफल बनाउन आइतबार गाउँपालिकाको केन्द्र लामाखेतमा भएको... पुरा पढ्नुहोस

मराङमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम मराङ ४ फागुन । विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो ।... पुरा पढ्नुहोस

उपचाररत किसानलाई मिजार समाजको रु १० हजार बढी सहयोग

म्याग्दी, ५ फागुन । फोक्सोमा समस्या देखिएपछि अस्पतालमा नियमित उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटकी यसोदा किसानलाई मिजार समाज म्याग्दीले आर्थिक सहयोग गरेको छ । लामो समयदेखि पोखराको सामुदायिक हस्पतालमा नियमित उपचाररत किसानलाई मिजार समाज म्याग्दीले रु १० हजार १ सय ५५ आर्थिक सहयोग गरेको हो । फोक्सोमा पानी जमेपछि... पुरा पढ्नुहोस

मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

मराङ ५ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् । शिविरमा जिल्ला... पुरा पढ्नुहोस

शिर्ष नेताको अस्तित्व

धिरन खत्री, म्याग्दी फागनु, ५ । प्रचण्ड, केपी र शेर । यी तीन नेताको उद्वेश्य देश परिवर्तन गर्ने लक्ष्य लिदै बुढा भए । यिनीहरूको युवा अवस्थाको उद्देश्यसंगै निरन्तरता पनि रहयो । तर परिणाम सत्ता लागि शक्ति केन्द्रित गर्दै अघि बढे । गरिव परिवारमा जन्म भएपनि जेल, आन्दोलन र जनयुद्धले युवा... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाका तीन हजार बालबालिकाको स्वास्थ्य परिक्षण

बेनी ३ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमको शुक्रबार समिक्षा गरिएको छ । गाउँपालिकाका, स्वास्थ्य शाखा, गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा माघ २० देखि २३ सम्म सञ्चालन गरिएको कार्यक्रमको मुनामा समिक्षा गरिएको हो । गाउँपालिकाका... पुरा पढ्नुहोस

पोषणका लागि स्थानीय खाद्यान्नको उपभोगमा जोड

सन्तोष गौतम रनबाङ ३ फागुन । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य र पोषण सुधारका लागि स्थानीय खाद्यान्नको प्रयोगमा जोड दिनुभएको छ । तयारी र आयातित खाद्यान्नको बढ्दो प्रयोगका कारण एकातर्फ देशको पैसा बिदेशिने र अर्कोतर्फ स्वास्थ्यमा विभिन्न समस्या देखिने भएकाले गाउँघरमै उत्पादन हुने खाद्यान्नको उपभोग गर्नुपर्ने मन्त्री... पुरा पढ्नुहोस

दरवाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

सन्तोष गौतम दरवाङ ३ फागुन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शुक्रबारदेखि अन्तर मावि विद्यालय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकास मार्फत प्रदेश र राष्ट्रलाई चिनाउने तथा पर्यटनको विकास... पुरा पढ्नुहोस