विशेष
गूर्जामा कुपोषणको एकीकृत व्यवस्थापन तालिम, ओटिसी सेन्टरबाट सेवा सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
प्रताप बानियाँ म्याग्दी, जेठ ११ । पश्चिम म्याग्दीको विकट तथा दुर्गम धौलागिरि गाउँपालिका–१, गूर्जामा कडा तथा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । गूर्जा स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि तालिम सञ्चालन गरिएको हो । कडा, शीघ्र... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
पोखरेवगर, ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण... पुरा पढ्नुहोस
गुर्जामा आमा समुहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, ११ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समुहको अगुवाईमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ । जिल्लाको सबै भन्दा बिकट र दुर्गम गाउँको रुपमा चिनिएको गुर्जामा पुग्ने पर्यटक र स्थानीयबासीहरुको सुविधाको लागि आमा समुहले रु १६ लाख बढी लगानीमा सार्वजनिक नुहाउने घर निर्माण गरेका हुन् ।... पुरा पढ्नुहोस
जुवा खेल्दै गरेको अबस्थामा बेनीमा १ महिला सहित १४ जना पक्राउ
- 6 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १० जेठ । म्याग्दीका प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जिल्लामा हुने गरेका गैरकानुनी र सामाजिक विकृति निम्त्याउने गतिविधि नियन्त्रणको लागि सक्रियता बढाएका छन् । हालै म्याग्दीमा सरुवा भएर आएका प्रनाउ बुढामगरले जुवा तास, लागु औषध बेचबिखन तथा घरेलु मदिरा नियन्त्रण एवम् न्युनिकरण कार्यक्रमलाई तिब्रता दिएका हुन् । उक्त अभियानको... पुरा पढ्नुहोस
प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेमको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका पुन फाइनल प्रवेश
- 6 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १० जेठ । काठमाण्डौमा जारी प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेम– २०७५को राष्ट्रिय प्रतियोगितामा म्याग्दीका एक बाल खेलाडी फाइनलमा प्रवेश गरेका छन् । कराँते खेल तर्फ प्रदेश नम्बर ४ बाट सहभागिता जनाएका बिपिन पुन ३४ केजी तौल समुहमा प्रतिस्पर्धाबाट फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रतियोगितामा म्याग्दीबाट सहभागीता जनाएका कराँते... पुरा पढ्नुहोस
‘मिडियामा महिलाहरुको मुद्धा’ सम्वन्धि अन्तक्रिया
- 6 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल संचारकर्मीहरुसंग मिडियामा महिलाहरुको मुद्धाबारे समस्या तथा गतिविधि सम्वन्धि अन्तक्रिया गरिएको छ । सिविन नेपालको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा भएको अन्तक्रियामा जिल्लामा महिलाको अवस्था र मिडियामा महिला पहुच कसरी पु¥याउने भन्ने सम्वन्धमा अन्तक्रिया गरिएको हो । लैङ्गिक विभेद तथा परम्परागत हानिकारक अभ्यास विरुद्ध... पुरा पढ्नुहोस
गाईखर्क ताल संरक्षण
- 6 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
सन्तोष गौतम / म्याग्दी १० जेठ । म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण गरिएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसंगै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षण गरेका हुन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराई... पुरा पढ्नुहोस
देविस्थानमा नेपाली कागज उद्योग ( फाेटाेफिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
सन्तोष गौतम / म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र... पुरा पढ्नुहोस
रघुगंगामा मेला जात्रामा कडाई, १३ वटा कानुन पारित
- 6 बर्ष, 5 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
मौवाफाट ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिले सामाजिक विकृती र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाई गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजनागर्न अनिवार्य अनुमती लिनुपर्ने र पाँच दिन भन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबै जसो बस्तीमा विभिन्न चाड... पुरा पढ्नुहोस
दोसल्लेमा गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन
- 6 बर्ष, 5 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
प्रताप बानियाँ म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि गाउँपालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो । आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी... पुरा पढ्नुहोस