विशेष
सरकार विरुद्ध बेनीमा विद्यार्थी संगठनको विरोध प्रदर्शन
- 3 बर्ष, 11 महिना अगाडि
- १६ असार २०७८, बुधबार
म्याग्दी, १६ असार । विभिन्न दल निकट म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध विरेन्द्रचोकमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एमोल पार्टी (माधव पक्ष) अनेरास्ववियू लगायतले संयुक्त रुपमा सरकारका गलत कदम विरुद्ध सांकेतिक रुपमा विरोध प्रर्दशन गरेका... पुरा पढ्नुहोस
संसदको सिफारिस बिना प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्छ ?
- 3 बर्ष, 11 महिना अगाडि
- १५ असार २०७८, मंगलवार
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानको धारा ७६ (७) को व्यवस्था अनुसार वर्तमान प्रधानमन्त्रीले संसदको सिफारिस नै नलिई कसरी प्रतिनिधिसभा विघटन गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । धारा ७६ (५) को व्यवस्था अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गर्न कसरी मिल्छ भन्ने उनको जिज्ञासा थियो । उपधारा–५ को प्रक्रियामा... पुरा पढ्नुहोस
रुइसेको पाखामा भेडा चराउँदै (फोटो फिचर)
- 3 बर्ष, 11 महिना अगाडि
- १४ असार २०७८, सोमबार
बेनी, १४ असार । म्याग्दीका रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेको चरनक्षेत्रमा भेडा चराउँदै गरेका स्थानीय । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ । यहाँका स्थानीयले भेडापालन थालेका छन् । भेडापालनको लागि बेशीदेखि हिमालको फेदीसम्म नै चरणको लागि घुम्ती गोठ राख्दै आइएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
दानाको मोतिचौर बराहमा १०८ धारा निर्माण (तस्बिर सहित)
- 3 बर्ष, 11 महिना अगाडि
- १४ असार २०७८, सोमबार
अमित बिश्वकर्मा, म्याग्दी १४ असार । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एबँम पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित रु... पुरा पढ्नुहोस
कोराला नाकामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार
- 3 बर्ष, 11 महिना अगाडि
- १२ असार २०७८, शनिबार
मुस्ताङ १२ असार । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए । उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण... पुरा पढ्नुहोस
ताकममा धान रोपाईको चटारो (फोटो कथा)
- 3 बर्ष, 11 महिना अगाडि
- १२ असार २०७८, शनिबार
बेनी, १२ असार । म्याग्दीका धवलागिरि गाउँपालिका–७ ताकममा हाते ट्याक्टरले जोतेर धान रोपाईमा व्यस्त बनेका कृषकहरु । पछिल्लो समय धान रोपाईमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ । परम्परागत रुपमा गोरुको सहायताले खेत जोत्ने प्रचलन पछिल्लो समय हराउँदै जान थालेको छ । कृषिमा बढेको आधुनिकरणले गोरुले खेत जोत्ने प्रचलन हराउन थालेको... पुरा पढ्नुहोस
बेलायतमा गोर्खा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा सुरु
- 3 बर्ष, 11 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
एजेन्सी । बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा शुरू भएको छ । बुधबार विहान लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहबाट पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका छन् ।भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको जन्मघर... पुरा पढ्नुहोस
बाख्रा चराउन लैजाँदै (फोटो कथा)
- 3 बर्ष, 11 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
बेनी, ११ असार । म्याग्दीका धवलागिरि गाउँपालिका–७ धारापानीमा बाख्रा चराउनका लागि चरणक्षेत्रतर्फ लैजादै गरेका किसान । म्याग्दीका ग्रामीण भेगमा बाख्रापालनको लहर चलेको छ । मासुजन्य उत्पादनको व्यवसायतर्फ आकर्षण बढेसंगै म्याग्दी मासुमा आत्मनिर्भर उन्मुख बनेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा पचास करोड ४३ लाखको बजेट सार्वजनिक (तस्बिर सहित)
- 3 बर्ष, 11 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
दरबाङ, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्वारा ६६ करोड बजेट सार्वजनिक
- 3 बर्ष, 11 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
म्याग्दी, १० असार । बेनी नगरपालिकाले नवौं नगर सभामा आगामी आर्थिक वर्ष २०७८/७९ क लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभामा उपप्रमुख सन्जु बरुवालले उक्त रकम बजेट पेश प्रस्तु गरेकी हुन् । सार्वजनिक कुल बजेटमध्ये चालु खर्चतर्फ ४२ करोड ७८ लाख ८२ हजार... पुरा पढ्नुहोस