हिमपातले लोभदाग्दो बन्यो झाक्रीपानी (फोटो फिचर)

  • १५ पुष २०७८, बिहीबार
  • 749 पटक पढिएको

म्याग्दी १५ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ मा अवस्थित पर्यटकीय स्थल झाक्रीपानीमा हिमपातले लोभदाग्दो बनेको छ । दुई दिनसम्म परेको हिमपातले सेताम्मे बनेको र आन्तरिक पर्यटकहरु हिउँमा रमाउनका लागि जानेक्रम सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा अवस्थित झाक्रीपानीमा सेताम्मे बनेको हिउँ र त्यहाँबाट देखिने मनोरम हिमशृङ्खलाको अवलोकनका लागि उत्तम समय भएको स्थानीय युवा दर्पण रोकाले बताउनुभयो ।

धौलागिरी हिमालसंगै निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने र यस सिजनको पहिलो हिमपात भएकाले झाक्रीपानी घुम्नेहरुका लागि उत्तम अवसर भएको छ । पछिल्लो समय सडक, पदमार्ग, भ्यु टावर, होमस्टे (घरबास) सुबिधासँगै बरंजा गाउँको शिरमा रहेको झाक्रीपानीमा पर्यटक आकर्षित भएका हुन । झाक्रीपानीबाट धौलागिरीसहित १६ वटा भन्दा बढी हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जिबनशैली अध्ययन गर्न सकिन्छ । तस्बिर सौजन्य कमल रोका