विशेष

धवलागिरीमा थप रु. चार करोड बजेट बाँडफाँट

  म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२ /०८३ को लागि थप रु. चार करोड बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको हो ।... पुरा पढ्नुहोस

विद्यार्थी पढाऔँ अभियानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

म्याग्दी २२ पुस । म्याग्दीकाे बेनी नगरपालिका-९, तोरीपानीमा रहेको विद्यालयमा विद्यार्थी पढाऔँ सहयोग अभियानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्य सहित स्थापना भएको अभियानको साधारणसभाको अवसरमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाइ विद्यालय झोला तथा कपी हस्तान्तरण गरिएको थियो । अभियानका संयोजक... पुरा पढ्नुहोस

एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी तालिम सुरु

म्याग्दी २२ पुस । म्याग्दी सदरमुकाम बेनीमा एआई तथा मोबाईल पत्रकारिता तालिम सुरु भएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयको सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनमा सञ्चालित तालिम दुई दिनसम्म सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्दै प्रेस गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आम सञ्चार माध्यमबाट छिटो,... पुरा पढ्नुहोस

­थापाचौर जोड्ने झोलुंगे पुलले साँवताबासीको एक दशकको सपना पुरा गरिदियो

  म्याग्दी ः दुईतिर अग्ला भिरको फेदीमा रहेको म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने साँवताको किनारमा म्याग्दी नदी बग्छ । बर्खायाममा साँवताबासी भिरबाट खस्ने पहिरो र किनारको म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएका छन् । “दिच्याम र देविस्थानको भिरबाट पहिरो खसेर अन्यत्र जाने बाटो नहुँदा पछिल्लो केहीवर्षयता बर्खामा बारीमा थुम्कोमा... पुरा पढ्नुहोस

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयाे

­म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन),... पुरा पढ्नुहोस

प्रतिनिधिसभा निर्वाचन : म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम

म्याग्दी, २१ पुस । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।... पुरा पढ्नुहोस

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति गर्न सुरू

म्याग्दी, पुस २१ गते । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र... पुरा पढ्नुहोस

रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने पदमार्ग निर्माण सुरु

म्याग्दी २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिड्नुपर्ने भएपछि ढलान गरी सिँडीसहितको पदमार्ग निर्माण गर्न सुरु गरिएको हो ।... पुरा पढ्नुहोस

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएपछि नेकपा म्याग्दीले पालिका स्तरमा एकताको... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको २० औँ बार्षिक साधारणसभा

म्याग्दी, १९ पुष । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ । कार्यक्रममा नेफस्कुनका कार्यक्रम अधिकृत मनोज खड्का र सहकारीका पूर्व... पुरा पढ्नुहोस